एजेन्सी। भारतीय पाइलट विङ कमाण्डर अभिनन्दन वर्तमान यतिबेला मेडिकल चेकअपको प्रोसेसमा छन्। त्यसपछि उनीसँग लामो सोधपुछको क्रम सुरु हुनेछ। अभिनन्दनले गत बुधबार अर्थात २७ डिसेम्बरमा एलओसी नजिकै पाकिस्तानी फाइटर विमान जेट एफ–१६ खसालेको भारती संचारमाध्यमले दाबी गरेका थिए।
तर उनको मिग–२१ विमान पनि दुर्घटना भएर एलओसी पार गर्दै पाकिस्तानमा गएको थियो। पाकिस्तानमा पुगेका अभिनन्दनलाई पाकिस्तानी सेनाले आफ्नो नियन्त्रणमा लिएको थियो। मंगलबार एयरचीफ मार्शल बीएस धनोवाले पत्रकार सम्मेलन गर्दै के कारणले पाकिस्तानको एफ–१६ सँग लड्नकालागि मिग–२१ उतारियो भन्ने विषयमा जानकारी दिएका छन्। धनोवाका अनसार अभिनन्दनले त्यो समय उपलब्ध फाइटर जेटलाई लिएर एफ–१६ लाई लखेट्न गएका थिए।
भारतीय संचारमाध्यमले एफ–१६ लाई मिग–२१ ले खसाएपछि त्यसको विश्वभर विङ कमाण्डरको तारिफ भइरहेको जिकिर गरेका छन्।
एफ–१६ अमेरिकामा बनेको अत्याधुनिक फाइटर जेट हो, जबकि मिग–२१ रुसमा बनेको ६० वर्ष पुरानो विमान हो। भारतले यसअद्धि पनि पुरानो फाइटर जेट मिग–२१ बाट टक्कर दिएको थियो। यसको प्रयोग इण्डियन एयरफोर्सले १९७० को दशकमा सुरु गरेको थियो।