२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

के छ परिमार्जित राष्ट्रिय सुरक्षा नीतिमा ?

972 Shares
Spread the love

काठमाडौं । परिमार्जित राष्ट्रिय सुरक्षा नीति सोमबार प्रधानमन्त्री केपी ओलीलाई बुझाइएको छ । राष्ट्रिय सुरक्षा नीति परिमार्जनका लागि गठित समितिले ‘परिमार्जित राष्ट्रिय सुरक्षा नीति–२०७५’ प्रधानमन्त्री  ओलीलाई सोमबार बुझाएको हो ।

राष्ट्रिय सुरक्षा नीति परिमार्जनका लागि गठित समितिका संयोजक उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले ‘परिमार्जित राष्ट्रिय सुरक्षा नीति–२०७५’ प्रधानमन्त्री ओलीलाई बुझाए ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार अपरान्ह बुझाइएको सो परिमार्जित राष्ट्रिय सुरक्षा नीतिमा राष्ट्रिय सुरक्षाका पछिल्ला चुनौति र त्यसलाई सम्बोधन गर्न आवश्यक नीतिका बारेमा आवश्यक सुझाव उल्लेख गरिएको समितिका संयोजक एवम् उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पोखरेलले जानकारी दिए ।

सरकारले राष्ट्रिय तथा अन्तराष्ट्रिय परिस्थितिलाई समेत ध्यानमा राखेर राष्ट्रिय सुरक्षा नीति परिमार्जनका लागि आवश्यक सुझाव दिन उपप्रधानमन्त्री पोखरेल संयोजक रहेको एक समिति गत असोज १ गते गठन गरेको थियो ।

सोही समितिले राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको निर्देशनमा रही सो नीति परिमार्जनसहित तयार पारेको हो ।

परिमार्जित सो नीतिमा राष्ट्रिय सुरक्षा नीतिका मार्गनिर्देशनका बारेमा पनि विस्तृत सुझाव दिइएको  उपप्रधानमन्त्री पोखरेलले बताए ।

२०७३ सालमा बनेको राष्ट्रिय सुरक्षा नीतिलाई समायानुकूल बनाउन प्रधानमन्त्री ओलीले सो नीतिलाई परिमार्जन गर्न लागेका छन् ।

पप्रधानमन्त्री पोखरेल नेतृत्वको समितिले तयार पारेको परिमार्जित सो सुरक्षा नीतिमा सुरक्षासम्बन्धि राष्ट्रिय दृष्टिकोण पनि समावेश गरिएको छ ।

सो परिमार्जित नीति मुलुकको राष्ट्रिय सुरक्षालाई सुदृढ, सहज र गतिशील बनाउने उद्देश्यका साथ तयार पारिएको पनि दावी गरिएको छ ।

समितिले प्रधानमन्त्री ओलीलाई बुझाएको सो परिमार्जित नीति राष्ट्रिय सुरक्षा परिषदले अनुमोदन गरेपछि मन्त्रीपरिषदबाट पारित हुने र कार्यान्वयनमा जानेछ ।

प्रतिक्रिया