फागुन २० – भारत-पाकिस्तानबीचको तनावमा प्रधानमन्त्री इमरान खानले देखाएको दुरदर्शिता , शान्तीको सन्देशपछि उनको निकै चर्चा भईरहेको छ । उनले पाकिस्तानको नियन्त्रणमा रहेको भारतीय लडाकु विमानका पाईलट अभिनन्दन वर्तमानलाई रिहा गरेर भारत पाकिस्तानबीचको युद्धको संकट टारेको भन्दै यतिबेला अन्तराष्ट्रिय मिडियामा निकै प्रशंसा भईरहेको छ । उनले मोदीलाई युद्ध रोक्दै शान्तीका लागि बारम्बार आह्वान गर्नु र मोदीले यसमा बिचार नगर्नुले मोदीको भन्दा इमरानकै कद उच्च भएको समेत टिप्पणी भईरहेको छ ।

अभिनन्दनलाई रिहा गरेपछि उनलाई नोवेल शान्ती पुरस्कार दिनु पर्ने माग उठ्यो । पाकिस्तानमा यसका लागि हस्तक्षर अभियान नै चालियो जसमा अहिलेसम्म ३ लाखले हस्ताक्षर गरिसकेका छन् । यता भारतले भने इमरानले अभिनन्दनलाई छोड्नुको कारण नोवेल शान्ती पुरस्कार हत्याउन हो भन्दै आरोप लगाईरहेका छन् । यसैबीचमा इमरानले आफु नोवेल शान्ती पुरस्कारको योग्य नभएको बताएका छन् । आज सोमबार ट्वीट गर्दे इमरानले यस्तो बताएका हुन् ।
उनले लेखेका छन् “म नोवेल शान्ती पुरस्कारका लागि योग्य छैन । नोवेल शान्ती पुरस्कारको हकदार त्यो हुनेछ जसले कश्मिरीहरुको चाहना अनुसार बिवाद समाधान गर्छ । र पुरा महाद्धीपमा शान्ती र मानवता बिकासको बाटो तयार गर्छ” । उनले अप्रत्यक्षरुपमा भारतलाई कश्मिरको समस्या सुल्झाउन इंगित गरेका हुन् । उनले यसअघि पनि कश्मिरी जनताहरुमाथि भारतले विभेद गरेको कारण कश्मिरी युवाहरु आफै बम बन्न तयार हुने गरेको र उनीहरुमा मृत्युको डर हराउँदै गएको समेत बताएका थिए । किनकी कश्मिरीकै २१ बर्षे युवाले पुलवामा आत्मघाती बिस्फोट गरेका थिए ।