२०८३, १० कार्तिक सोमबार
×

जैस ए मोहम्मदको मुखिया मसूद अजहरको मृत्यु भएको हो ?

1126 Shares

फागुन १९ – कश्मिरको पुलवामा ४६ जना सेनाको हत्या हुने गरी भएको आत्मघाती बिस्फोटको जिम्मा लिएको भनिएको जैस ए मोहम्मद संगठनका मुखिया मसूद अजहर पाकिस्तानमा नै भएको त्यहाँको सरकारले स्वीकार गरिसकेको छ । त्यतीमात्र होईन पाकिस्तानी सरकारले आफुहरु जैस ए को सम्पर्कमा रहेको बताउँदै घटनाको जिम्मा लिन उसले अस्वीकार गरेको समेत बिदेशमन्त्री शाह महमूद कुरैशीले बताईसकेका छन् । पाकिस्तानले मसूद अजहर बिरामी रहेको र अस्पतालमा उपचार गराईरहेको बताएको थियो ।

यता आज भारतीय मिडियाले उनको निधन भएको हुन सक्ने भन्दै समाचार प्रकासन गरेको छ । किड्नीमा समस्या देखिएपछि उनी अस्पताल भर्ना भएको र नियमित डायलसिस गरिरहेको बताईएको थियो । यता भारतमा भने उनको निधन भएको चर्चा सुरु भएको छ । मसूद अजहरको मृत्युको खबर सामाजिक सञ्जालमा पनि भाईरल बनिरहेको छ । त्यसो त यो खबरको आधिकारीक पुष्टी भने भएको छैन । अन्तराष्ट्रिय मिडियाले भारतले आक्रमणमा गरेको बालाकोटमा कुनै हताहती नभएको स्पष्ट पारेको छ तर भारतीय मिडिया भने बालाकोटमा भएको आक्रमणमा जैस ए को कमाण्डरसहित ३५० जनाको मृत्यु भएको दाबी अझै पनि गरिरहेको छ ।

Notext

मसूदको मृत्युको खबर आईरहदा उसले बालाकोटमा भएको आक्रमणमा उनी सख्त घाईते भएको र उपचारको क्रममा मृत्यु भएको हुन सक्ने दाबी गरिरहेको छ । यता पाकिस्तानले भने मसूदको मृत्युको खबरबारे कुनै पुष्टी गरेको छैन । पाकिस्तानसंगै जैस ए ले पनि बालाकोटमा कुनै तालिम केन्द« नभएको र मसूद अजहर जीवितै रहेको दाबी गरिएको थियो । पछि तीनै भारतले मसूदको उपचार सैनिक अस्पतालमा भईरहेको अर्काे दाबी गरेको थियो ।

मसूद अजहर कुनै समय ओसामा बिन लादेनको निकट भएको व्यक्ति मानिएको थियो । सन् १९९९ मा अटल बिहारी वाजपेयीको सरकार भएको समय एर इन्डियाको विमान हाईज्याक गरेर उनको रिहाईको माग गरिएपछि मसूदलाई रिहा गर्न बाध्य भएको थियो । त्यसपछि उनले जैस ए मोहम्मद संगठन खोलेका थिए । उनले यसअघि २००० मा श्रीनगरमा र सन् २०१६ मा पठानकोटमा पनि आतंककारी हमला गरेका थिए । त्यसैले पनि उनको संगठनलाई सखाप पार्न भारत लागि परिरहेको छ ।

प्रतिक्रिया