२०८३, १० कार्तिक सोमबार
×

पाकिस्तानले भारतलाई सुम्पियो अभिनन्दन ,सर्बत्र देशभक्तीको चर्चा

2865 Shares

फागुन १७ – अन्तत: पाकिस्तानले आफनो नियन्त्रणमा रहेका भारतीय लडाकु विमानका पाईलट अभिनन्दनलाई भारतको जिम्मा लगाएको छ । शुक्रबार भारतीय समय अनुसार ९ बजेर २० मिनेट जाँदा वाघा अटारी सीमामा पाकिस्तानी अधिकारीहरुले अभिनन्दनलाई भारत सुम्पिएका हुन् । उनको स्वागतका लागि भारत पाकिस्तान सिमामा थुप्रै भारतीयहरु बिहानैबाट प्रतिक्षा गरेर बसेका थिए ।

notext

भारतीय झण्डा र प्ले कार्ड बोकेर अभिनन्दनलाई स्वागत गर्न पुगेका परिवार तथा शुभचिन्तकहरुले उनलाई भव्य स्वागत गरेका थिए । पाकिस्तानी सेनाले आफनो एयरस्पेशमा आएका २ भारतीय लडाकु विमानलाई खसालेको थियो । जसमा एक जनाको मृत्यु् भयो भने अर्काेलाई पाकिस्तानी सेनाले उद्धार गरेको थियो । स्थानीयले अभिनन्दनलाई देखेपछि सेनालाई खबर गरेका थिए ।

notext

सेना आउनु अघि अभिनन्दनलाई आफनो देशमा आक्रमण गर्न आएको भन्दै कुटेका पनि थिए तर पाकिस्तानी सेनाले उद्धार गरी अस्पतालमा उपचार गराई राम्रो व्यवहारका साथ राखेका थिए । भारतले लगातार यद्धको धम्की दिईरहदा पाकिस्तानले भने अब पाकिस्तान नयाँ पाकिस्तान भएको भन्दै शान्तीको सन्देश दिन अभिनन्दनलाई सकुसल रिहा गरेको हो । उता भारतीय सेनाले भने पाकिस्तानले शान्ती र सद्भावको सन्देश दिन अभिनन्दनलाई रिहा गरेको नभई जेनेभा सम्झौता अनुसार छाड्न बाध्य भएको बताएको थियो ।

प्रतिक्रिया