२०८३, १० कार्तिक सोमबार
×

भारतको दाबी फेल : हजार किलो बम खसालेको ठाँउमा भाचिएका रुख र ढुंगाबाहेक केही देखिएन

1577 Shares

फागुन १७ – पुलवामा ४६ जना सेनाको हत्या हुने गरी भएको आक्रमणको जवाफ दिन भारतले पाकिस्तानको बालाकोटमा हवाई आक्रमण ग¥यो । उसले बालाकोटमा जैस ए मोहम्मदको तालिम केन्द्र रहेको र सोही स्थानमा भारतमा फेरी आक्रमण गर्ने योजना बनाईरहेको दाबी गर्दे सो क्षेत्रमा हजार किलो बम बर्साएको बताएको थियो । सो आक्रमणमा जैस ए मोहम्मदको ३ सय भन्दा बढि आतंककारीसहित कमाण्डर मारिएको उसले दाबी गरेको थियो । तर सो क्षेत्रमा जैस ए को कुनै पनि अखडा नरहेको खुलासा भएको छ । हालै कतारको चर्चित मिडिया अलजजिराले बालाकोटमा स्थलगत रिपोर्ट गरेको थियो ।

उसको रिपोर्टले बालाकोटमा कुनै पनि क्षती नभएको र त्यहाँ जैस ए को कुनै पनि अखडा नरहेको समाचार प्रकासन गरेको छ । भारतले गरेको दाबी सबै फेल खाएको छ । भारतले गरेको हवाई आक्रमण सबै वन क्षेत्रमा भएको थियो । खसालिएको बम वन क्षेत्र र एक जना किसानको खेतमा खसेको पाईएको छ । तर बम हानिएको क्षेत्रमा नजिक एक धार्मिक विद्यालय मदरसा भने भेटिएको छ । उक्त मदरसामा जैस ए को कुनै सम्बन्ध थियो थिएन भने रहस्य नै बनेको छ । भारतले खसालेको बमहरु एक ग्रामिण क्षेत्रको वन र खेतमा खसे । सो गाँउ उत्तरी पाकिस्तानको जावा सहर बाहिर र पाकिस्तानको राजधानी इस्लामावादबाट १०० किमी उत्तरमा रहेको छ ।

notext

अलजजिराका रिपोर्टसले स्थलगत भ्रमण गर्दा रुखहरु भाचिएका र ढुंगाहरु यत्रतत्र छरिएका थिए । त्यहाँ भवनका टुक्रा र मानिसहरुको शव फेला पारिएन । त्यसो त पाकिस्तानी अधिकारीहरुले पनि बम आक्रमणको भोली पल्ट सो क्षेत्रको भ्रमण गरेको थियो । अधिकारीहरुले पनि बम आक्रमण भएको स्थानमा कुनै क्षती नभएको बताएको थियो तर भारतले उक्त दाबीलाई हावा भनेको थियो किनकी उसले ३ सय भन्दा बढिको मृत्यु भएको दाबी गरेको थियो । बम आक्रमण भएका स्थानहरुमा खाल्डो बनेको स्थल वरपर बमका धातुका टुक्राहरु भने देखिएका थिए ।भारतले बालाकोटमा जब आक्रमण गरेको थियो सो समय विहानको ३ बजे भएको थियो ।  घटनाको बारेमा बोल्दै स्थानीय ५८ वर्षे नरुसन शाहले भन्छन् “पहिलो विष्फोटको आवाजले म बिउझिएँ  दुई वटा बम मेरो खेतमा खस्यो ।

दोस्रो बमले मेरो घरको ढोका उडाइदियो ।के रहेछ भनेर बाहिर निस्कदा आफ्नो निधारमा एक ढुंगा अथवा बमको छर्राले लागेको लाग्यो “। निधारमा लागेको चोटले उनी लडे । उनलाई सम्हाल्न ५० बर्षे छिमेकी सायीद रेहमान शाह आए ।उनले भने “केही सेकेण्डको फरकमा मैले चार वटा ठूलो विफ्फोटको आवाज सुने मलाई त कयामतको दिन (प्रलयको दिन) आएजस्तो लाग्यो । बमले खाल्डो पारेको स्थानबाट एक किमीमाथि पहाडको भिरमा एक मदरसा छ । स्थानीयका अनुसार स्कुल जैश–ए–मोहम्मदले खोलेको छ । स्कुल भवनभन्दा केही टाढा रहेको एक साइनबोर्डमामा पनि यो कुरा उल्लेख छ । वोर्डमा तलीम अल–कुरान मदरसातर्फ तीर तेर्साइएको छ । बोर्डमा मदरसाका नेता मसूद अजहर उल्लेख छ भने मसूद अजहरका जेठान यूसूफ अजहरलाई प्रशासक मानिएको छ ।

notext

मसूर अझर त्यही व्यक्ति हुन् जसलाई सन् १९९९ मा एक विमान अपहरण गरेर त्यसमा सवार १५० यात्रुलाई रिहा गर्ने हो भने मुक्त गर्नुपर्ने माग राखिएको थियो । जेल मुक्त भए पछि उनले जैश–ए–मोहम्मद स्थापना गरेका थिए । अफगान तालिवानसँगको सम्बन्धका कारण उनी अमेरिकी प्रतिबन्ध सुचिमा पनि छन् । मुहम्मद युसुफ भने सन् १९९९ को विमान अपरहणको विषयमा खोजिको सुचिमा छन् । अल जजिराका सम्वादाता स्कुल पुग्दा उनीहरुलाई त्यहाँ जान अनुमति दिइएन । उक्त मदरसामा केहीले जैस ए ले लडाकुलाई तालिम दिने गरेको बताए भने कसैले त्यो धार्मिक स्कुल मात्र भएको बताए ।  एक जना स्थानीयले भने “त्यो डाँडामा रहेको मदरसा मुजाहिद्दीनहरुको तालिम केन्द्र हो” मद्रसा भएको स्थानतर्फ देखाउदैं भने । उनले विषयको सम्बेदनशिलताका कारण नाम उल्लेख नगर्न आग्रह गरे ।

notext

अर्का एक ३१ वर्षे स्थानीयले भने  “यहाँका सबैलाई त्यहाँ जैशको क्याम्प छ भन्ने थाहा छ,” नाम उल्लेख नगर्ने सर्तमा  । “त्यो सक्रिय तालिम केन्द्र हो र त्यहाँ मानिसहरुलाई कसरी लड्ने तालिम दिइन्छ ।” तर अन्यले भने यो दावीसँग बाझिने कुरा गरे । केही किमी टाढा बस्ने मिर अफजल गुलजारले भने “यहाँ न कुनै क्याम्प छ न कुनै आतंकवादीहरु नै । “सन् १९८० को दशकमा यहाँ मुजाहिद्दिन क्याम्प थियो । तर अहिले त्यो छैन ”। मदरसा तालिमस्थल नभएको भए पनि त्यो भर्ति केन्द्र हो भन्ने प्रमाण भेटिन्छ । भारतले भने सो क्षेत्रमा जैस ए ले लडाकुहरुलाई तालिम दिने गरेको र भारतबिरुद्ध षडयन्त्र गर्ने गरेको दाबी गरेको थियो । सोही दाबी अनुसार भारतले त्यहाँ आक्रमण गरेको थियो । सो आक्रमणमा भारतले यूसूफ अजहरलाई मारिएको भन्दै आफनो ठुलो सफलता भएको दाबी गरेको थियो । लगत्तै जैस एले यूसूफ अजहर जिवितै रहेको तर आक्रमण भएको स्थानमा आफुहरुको कुनै तालिम केन्द्र नरहेको दाबी गरेको थियो ।

प्रतिक्रिया