२०८३, १० कार्तिक सोमबार
×

पाईलट रिहा गर्दे पाकिस्तान , मोदीलाई इमरानले दिए चेतावनी सहितको खतरनाक जवाफ

1303 Shares

फागुन १६-  भारत र पाकिस्तानको तनावबीच दुबै देशले एक अर्कामाथि हवाई आक्रमण गरे । जुन आक्रमण सैन्य आक्रमण नभएपनि भारतले पाकिस्तानको एक लडाकु विमान खसालेको दाबी ग¥यो भने पाकिस्तानले भारतको २ वटा विमान खसालिदियो । जसमा एक जनाको मृत्यु भयो भने अर्का एक जना अभिनन्दन नाम गरेका पाईलटलाई पाकिस्तानले उद्धार गरी नियन्त्रणमा लिएको थियो । यतिबेला सामाजिक सञ्जालमा उक्त पाईलटको विभिन्न भिडियोहरु भाईरल बन्दै गर्दा भारतले अभिनन्दनलाई बिना क्षती रिहा गर्न माग गरेको थियो ।

notext

आजैमात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत पाकिस्तानको लडाई चाडै समाप्त हुने घोषणा गरिरहदा पाकिस्तानले नियन्त्रणमा लिएको अभिनन्दनलाई रिहा गर्ने भएको छ । प्रधानमन्त्री इमरान खानले आज संसदमा बोल्दै भोली अभिनन्दनलाई रिहा गर्ने निर्णय गरेका हुन् । संसदमा सम्बोधन गर्दे उनले भने “हामीले भारतलाई पत्र पठाएइका छौँ की दुबै देशको बिदेश मन्त्रीले भेटघाट गर्नुपर्छ तर हामीलाई सकरात्मक जवाफ मिलेको छैन । हामीलाई लाग्छ यसको जवाफ नआउनुको कारण त्यहाँ आउन लागेको चुनाव हो । जसमा चुनावी एजेन्डा हामीसंग राम्रो सम्बन्ध बनाउ भन्ने छैन” ।

इमरानले संसदमा के के भने ?

-हामीलाई डर थियो की भारतमा हुन लागेको चुनावलाई लिएर कसैले फाईदा उठाउछ ।

-म यो भन्दिन की पुलवा हमलामा भारतको नै हात थियो तर हमला भएको आधा घण्टामा नै हामीमाथि आरोप लगाईयो ।

-हामीलाई यसबाट के फाईदा । हामीले भारतलाई पुलवा हमलाको अनुसन्धानमा चाहिने सहयोगको लागि अनुरोध ग¥यौ । हामी पाकिस्तानको भुमि आतंकवाद प्रयोगका लागि अनुमती दिन्नौ ।

-पाकिस्तानमा मिडियाहरु निकै संयमित बने तर भारतीय मिडियाले गलत रवैया देखाए । तीनलाई थाहा छैन की युद्धको नोक्सानी हाम्रो मिडियाले ७० हजार मानिसहरुको मृत्यु र आतंक देखेका छन् ।

-भारतले आज सकरात्मक सन्देश पठायो तर २ दिन अघि हमला ग¥यो । जुन सन्देश भारतले पहिले पनि दिन सक्थ्यो । चुनावको कारण पनि भारतीय सरकारले यो कदम चालेन ।

-जब भारतले आक्रमण ग¥यो तब मलाई बिहानमात्र थाहा भयो । सेनासंग कुरा गरे कुनै मानवीय क्षती भएको रहनेछ । तब हामीले केही जवाफ नदिने निर्णय गरौँ किनकी कुनै क्षती भएको छैन भने आक्रमण गर्नु गलत हुनेछ । हामीले एक जिम्मेवार देशको रुपमा आक्रमणलाई सहेर बसेनौँ ।

-जब भारतीय पाईलट पाकिस्तानको नियन्त्रणमा आए तब मैले मोदीलाई फोन गरे तर उनी मसंग कुरा गर्नै चाहेनन् । हाम्रो कोसिस यही छ की सबै तनाव कम होस ।

-म हिन्दुस्तानलाई प्रश्न गर्न चाहान्छु की अपराध गरेर कश्मिर पाउन सकिन्छ ? पछिल्लो २० बर्षदेखि कोही पनि कश्मिरका नेताहरु भारतीय नितीमा बाधिन चाहादैनन् । उनीहरु स्वतन्त्र छन् । आखिर किन कश्मिरका युवाहरु आफै बम बन्न चाहान्छन् । आखिर किन उनीहरुभित्र मृत्युको डर छैन । यसबारेमा भारतमा एउटा बहस हुनु पर्छ । हरेक समय पाकिस्तानमाथि औला नउठाईयोस ।

-म मोदीलाई सन्देश दिन चाहान्छु । युद्धतिर नढल्किनुस । यो सब यही रोक्नुस यसलाई अगाडी नबढाउनुस नत्र पाकिस्तान पनि जवाफ दिन बाध्य हुनेछ ।

प्रतिक्रिया