फागुन १६- नेकपका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा निधन भएकाको परिवारलाई भेटेर समवेदना व्यक्त गरेका छन् । प्रचण्डले दुर्घटनामा निधन भएका पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको बुबा, आमा र श्रीमतीलाई मन्त्री निवास हरिहरभवनमा भेट भेटेर समवेदना व्यक्त गरेका हुन् । त्यसैगरी व्यवसायी आङछिरिङ शेर्पा, नेपाल उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र प्रसाद श्रेष्ठ, नेपाल सरकारका उपसचिव युवराज दाहालको परिवारजनलाई भेटी दुख एवं समवेदना व्यक्त गरेका हुन् ।

मन्त्री अधिकारी ताप्लेजुङ तेह्रथुमस्थित चुवानडाँडा विमानस्थलको सम्भाव्यता अध्ययन गर्नका लागि पुगेका थिए । त्यसपछि फर्कदै गर्दा हेलिकप्टर पाथीभरा मन्दिर नजिकैको जंगलमा भएको थियो ।
जुन दुर्घटनामा मन्त्री अधिकारीसंगै पाइलट प्रभाकर केसी ,यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ , प्रधानमन्त्री केपी शर्मा ओलीका सरकारी स्वकीय सचिव युवराज दाहाल ,अर्जुनकुमार घिमिरे, नेपाल नागरिक उड्न प्राधिकरणका इन्जिनियर धुब्रदास भोछिभयाको ज्यान गएको हो ।