673
Shares
१५ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई बालुवाटार बोलाएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर दुर्घटनामा परेको खबर सार्वजनिक भएपछि प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई बालुवाटार बोलाएका हुन् ।
हेलिकप्टर दुर्घटनामा मन्त्री रवीन्द्र अधिकारी सहित ६ जनाकै निधन
काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री रवीन्द्र अधिकारी चढेको एयर डाइनेस्टिको सम्पर्कविहीन भएको थियो ।
उक्त हेलिकप्टर ताप्लेजुङमा सम्पर्कविहीन भएको हो। गृहसचिव प्रेम राईले राज्यव्यवस्था समितिको बैठकमा दुर्घटनाबारे जानकारी गराएका थिए ।
पाथिभराको दर्शन गरेर फर्कने क्रममा हेलिकप्टर दारेडाँडा भिर नजिकैबाट सम्पर्कबिहीन भएको हो । हेलिकप्टरमा ६ जनाकै निधन भएको छ ।