२०८३, १० कार्तिक सोमबार
×

“भारतको दुस्साहसलाई कडा जवाफ दिनेछौँ” :- पाकिस्तान

1883 Shares

फागुन १४ – भारतले आज बिहान पाकिस्तानमा हवाई आक्रमण गरेपछि पाकिस्तान आक्रोसित बनेको छ । उसले भारतले सिमाना नाघेको भन्दै भारतले दुस्साहस देखाए त्यसको जवाफ पाकिस्तानले दिने बताएको छ । पाकिस्तानका सेनाका मेजर जनरल आसिफ गफूरले पाकिस्तान भारतलाई जवाफ दिन तयार रहेको बताएका हुन् । सेनाका प्रमुख जनरलले जवाफी हमलाका लागि तयार रहन एयर चीफलाई निर्देशन दिईसकेको गफूरले पुष्टी गरेका छन् ।

भारतले कुनै पनि किसिमएको दुस्साहस देखाए त्यसको जवाफ दिन पाकिस्तान तयार रहेको उनको भनाई छ । उनले सिमा क्षेत्र एलओसीमा सेनाहरुलाई तयारी अवस्थामा राखिसकेको बताए।  यसैबीच पाकिस्तानका बिदेश मन्त्री शाह महमूद कुरैशीले पाकिस्तानलाई विश्वबाट नै अलग बनाउने भारतको मनसाय कहिल्यै पुरा नहुने बताए ।

notext

पुलवा हमलापछि भारतले पाकिस्तानबिरुद्ध कुटनितीक लडाई सुरु गरेको भन्दै उनले आतंकवादलाई बढावा दिने गरेको आरोप भारतले लगाएको भन्दै आपत्ति जनाए । उनले पाकिस्तानमा रहेका आतंकवादलाई सखाप पार्न पाकिस्तान सरकारले नेशनल एक्सन प्लान नै बनाएको दाबी गर्दे उनले अब पाकिस्तानबाट आतंकवादलाई जरैबाट फाल्ने तयारी भईरहेको बताए । उता मोदीले पनि भारतीय सेनालाई पाकिस्तानको सानो गल्तीमा पनि कडारुपमा प्रस्तुत हुन खुला अधिकार दिईसकेका छन् ।

पुलवामा भएको घटनाको जिम्मेवारी जैस ए मोहम्मद संगठनले लिएको छ भने पाकिस्तानले त्यस हमलामा आफनो कुनै पनि संलग्नता नभएको बताउँदै आएको छ तर भारतले आंतकवादलाई पाकिस्तानले आश्रृय दिईरहेको आरोप लगाउँदै आक्रोसित बनेको हो । यता भारतले हवाई आक्रमण गरेपछि इमरान खानले आकस्मिक बैठक बोलाएका छन् । भारतको यो हमलाले अब भारत र पाकिस्तानका आगामी स्थिती कस्तो होला भन्ने चिन्ता पनि देखिएको छ ।

प्रतिक्रिया