२०८३, १६ असार मंगलवार
×

ट्रेन्डिङ

पुलावामा आक्रमणको असरः अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले भारतमाथि प्रतिबन्ध लगायो

2790 Shares
Spread the love

काठमाडौं। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले भारतमाथि कारवाही गर्दै उसलाई कुनै पनि ओलम्पिकसँग सम्बन्धित खेल आयोजना गर्न नपाउने गरी प्रतिबन्ध लगाएको छ । भारतमा जारी शूटिङ विश्वकपमा पाकिस्तानी खेलाडीलाई भिसा नदिइएपछि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले यस्तो कारवाही गरेको हो । अब भारत सरकारले लिखित रुपमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीलाई विश्वस्त बनाउ नसक्दासम्म यो प्रतिबन्ध फुकुवा हुने छैन । स्विजरल्याण्डको लौसानमा भएको ओलम्पिक कार्यकारी समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

भारतमा भइरहेको शूटिङ विश्वकपमा पाकिस्तानका २ शूटरले २५ मिटर र्यापिड फयरमा भाग लिने वाला थिए । तर, भारत सरकारले उनीहरुलाई भिसा दिएन । यसविरुद्ध नेशनल राइफल एसोसिएसन अफ पाकिस्तानले आइओसीमा उजुरी गरेको थियो । जम्मु कश्मिरको पुलावामामा १४ फेब्रुअरीमा भएको आतंकवादी आक्रमणमा पाकिस्ताको हात भएको आरोप लगाउँदै भारतले पाकिस्तानी खेलाडीलाई भिसा दिएको थिएन ।

आइओसीले भनेको छ ‘आयोजक देशमा आउने सबै खेलाडीहरुले कुनै राजनैतिक हस्तक्षेपबिना समानताको वातावरणमा प्रतियोगितामा भाग लिने अवसर पाउनुपर्छ । भारतीय ओलम्पिक कमिटीले पाकिस्तानी खेलाडीलाई भाग लिने अवसर दिलाउन सकेन । यो आइओसीको भेदभावसँग सम्बन्धित नियमविपरित हो । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको कार्यकारी समितिले भारतसँग भविष्यमा कुनै पनि ओलम्पिकसँग सम्बन्धित प्रतियोगिताको आयोजनाका विषयमा सबै किसिमका छलफललाई पूर्ण रुपमा स्थगित गरेको छ ।’

प्रतिक्रिया