२०८३, १० कार्तिक सोमबार
×

बेलायतले त्यागेको किशोरीलाई बंगलादेशले लिन मानेन, अब उनी कुन देशकी नागरिक ?

2161 Shares

फागुन ९- बेलायतले केही दिन अघिमात्र इस्लामिक स्टेट (आईएस)  मा जानका लागि ब्रिटेन छाडेकी किशोरीको नागरिकता रद्ध गरिदिएको थियो । पन्ध्र वर्षको उमेरमा चार वर्षअघि आईएस लडाकुसँग बिहे गर्न लन्डन छाडेर सिरिया पुगेकी शमिमा बेगमको नागरिकता रद्ध गर्दे बेलायतले ती किशोरीको आमाबुवा बाङ्ग्लादेशी भएकाले उनी अर्को देशको नागरिक बन्न योग्य रहेको बताएको थियो । उसले शमिमाको नागरिकता रद्ध गर्दे बंगलादेश नै जान भनेको थियो । तर बंगलादेशले भने शमिमा आफनो देशको नागरिक नभएको भन्दै लिन अस्वीकार गरेको छ ।

बंगलादेशको विदेश मन्त्रालयले त्यहाँको सरकार बेगमलाई त्रुटिपूर्ण तवरले बंगलादेशीको रुपमा चित्रण गरिएकोप्रति चिन्ता व्यक्त गरेको छ। एक विज्ञप्ति जारी गर्दे बंगलादेशको मन्त्रालयले शमिमा बेगमले दोहोरो नागरिकता लिनका लागि बंगलादेश समक्ष कहिल्यै निवेदन नदिएको जनाएको छ। साथै, उनले कहिल्यै बंगलादेश भ्रमण पनि नगरेको जनाएको छ । आतंकवाद तथा हिंसात्मक अतिवादप्रति बंगलादेशले शून्य सहनशीलता अपनाउने गरेको पनि मन्त्रालयले उल्लेख गरेको छ।

notext

उता शमिमाले भने आफु बेलायत नै फर्किएर आफनो सन्तान हुर्काउन चाहेको बताएकीछिन् । आईएसको अन्तिम प्रभाव क्षेत्र बगुजबाट भाग्दै गर्दासिरियाली शरणार्थी शिविरमा पुगेकी शमिमाले छोरालाई समेत जन्म दिएकीछिन् । उनले आफु आईएसका लागि एउटा प्रतीक बन्न नचाहेको र आफनो ब्रिटेनमा नै फर्किएर सन्तान हुर्काउन चाहेको जिकिर गरेकीछिन् । अन्तर्राष्ट्रिय कानुनअनुसार सरकारहरूले नागरिकलाई राज्यविहीन बनाउन पाउँदैनन् । उता शमिमाको श्रीमान इस्लाम अपनाएका एक डच नागरिक हुन्।

notext

तिनले दुई साताअगाडि सिरियाली लडाकुहरूसमक्ष आत्मसमर्पण गरेको ठानिएको छ। उता शमिमाले भने आफुसंग बंगलादेश राहदानी नभएको र बंगलादेश कहिले नगएको दाबी गरेकीछिन् । उता शमिमा नवजात शिशुको हकमा कानुनअनुसार नागरिकताबाट वञ्चित गरिनुअघि ब्रिटिश अभिभावकको कोखबाट जन्मिएकाहरूलाई ब्रिटिश नै मानिने उल्लेख छ। अब बेलायतले नागरिकता रद्ध गरिदिएको र बंगलादेशले समेत उनलाई लिन नखोजेपछि शमिमाको उद्धार कसरी हुन्छ भन्नेबारेमा अन्तराष्ट्रियहरुले चासो व्यक्त गरिरहेको छ ।

notext

प्रतिक्रिया