२०८३, १६ असार मंगलवार
×

ट्रेन्डिङ

आइसीसी महिला विश्वकप छनोटः नेपालको सहज जित

1976 Shares
Spread the love

काठमाडौं । थाइल्यान्डमा जारी आइसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन्तरगत भएको खेलमा नेपालले मलेसियालाई पराजित गरेको छ । १ सय २७ रनको लक्ष्य पछ्याउने क्रममा मलेसिया ९२ रनभित्र समेटिएपछि नेपालले ३४ रनको जित निकालेको हो ।

बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १२६ रन बनाएको थियोे।
टी २० अन्तर्रा्ष्ट्रियमा नेपालको महिला टिमले बनाएको यो अहिलेसम्मको उच्च स्कोर समेत हो। नेपालको लागि ओपनर सीता राना मगरले ४० बल खेल्दै २ चौकाको मद्दतमा सर्वा्धिक ४२ रन बनाएकी थिइन्।

यस्तै ओपनर काजल श्रेष्ठले १६ तथा इन्दु बर्माले १३ रन बनाएकी थिइन्। कप्तान रुविना क्षेत्री बेलबाशीले नटआउट ३३ रन बनाइन्। उनले २५ बल खेल्दैे ३ चौका प्रहार गरिन्। नेरी थापा मगर ६ रनमा रनआउट भइन् भने ममता चौधरीले खाता खोल्न सकिनन्।

मलेसियाका लागि विनिप्रेड दुराइसिंगम, सशा अज्मी र जुमिका अज्मीले एक–एक विकेट लिए।

यसैगरी नेपाली बलरहरुले कसिलो बलिङ गरेपछि मलेसियाका ब्याट्सउमनहरु विकेटमा टिक्न सकेनन् । नेपालका लागि करुणा भण्डारी र सरिता मगरले २–२ विकेट लिएका थिए । यस्तै सिता रानामगर र कविता कुँवरले १–१ विकेट लिए ।

मलेसियाका लागि क्रिस्टिना बारेले सर्वा्धिक २१ रन बनाइन् । मलेसियाका तीन ब्याट्सउमनले मात्र दोहोरो अंकमा रन बटुलेका थिए ।

प्रतिक्रिया