२०८१, ४ माघ शुक्रबार
×

ट्रेन्डिङ

मुम्बइमा बिल्डिङमा ठोक्किएको विमानको भिडियो सार्वजनिक, हेर्नुहोस् यसरी हुँदैछ उद्धार

2610 Shares

एजेन्सी। भारतको मुम्बइमा एक विमान दुर्घटना भएको छ । विमान एक निर्माणाधीन भवनमा ठोक्किएर विष्फोट भएको बताइएको छ । विमानको अवशेषमा आगो लागेको छ । मुम्बइको घाटकोपर इलाकामा सर्वोदय नगर क्षेत्रको प्रसिद्ध जागृती बिल्डिङनजिकै घटना भएको बताइएको छ ।

दुर्घटनास्थल मानवबस्ती भएकोले त्यहाँको अवस्था तनावग्रस्त भएको छ । घटनाको जानकारी पाउनासाथ अग्नी नियन्त्रक पुगेका छन् । आगो नियन्त्रणको प्रयास भइरहेको भारतीय दैनिक अमर उजालाले जनाएको छ । विमानमा ७–८ जना सवार भएको बताइएको छ । दुर्घटनामा कति जनाको मृत्यु भयो भन्ने यकिन भइसकेको छैन । विमान उत्तर प्रदेश सरकारको भएको बताइएको छ । दुर्घटनाको कारणको खुलासा भएको छैन ।

https://youtu.be/KdXgY0UmBss

प्रतिक्रिया