फागुन ६- चर्चित क्रिकेटर क्रिस गेलले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । वेष्टइण्डिजका बिस्फोटक ब्याट्सम्यान क्रिश गेलले इग्ल्याण्ड र वेल्समा हुने विश्वकपपछि अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका हुन्। बाया हातले ब्याट्स चलाउने गेलले एक दिवसीय क्रिकेटमा ९ हजार ७ सय २७ रन बनाईसकेका छन् जसले रेर्कड पनि राखेको छ ।

उनले राखेको यो रेर्कड रन ब्रायन लारापछि वेस्टइन्डिजका ब्याटसम्यानले बनाएको सर्वाधिक दोस्रो रन हो। ३९ वर्षिय गेलले एक दिवसीय क्रिकेटमा ९ हजार ७ सय २७ रन बनाएका छन् । गेलले २८४ खेलको २७९ इनिङ्सबाट उक्त रन बनाएका हुन्। सन् १९९९ मा भारतविरूद्ध खेल्दै अन्तर्राष्ट्रिय एक दिवसीयमा डेब्यू गरेका गेलले सर्वाधिक २१५ रन बनाएका थिए भने सन् २०१५ को विश्वकपमा जिम्बाम्बेविरूद्धको खेलमा दोहोरो सतक प्रहार गरेका थिए ।
विश्वकपमा दोहोरो सतक प्रहार गर्ने उनी पहिलो खेलाडी समेत हुन भने उनी एक दिवसीय अन्तर्राष्ट्रियमा दोहोरो सतक बनाउने छैठौं खेलाडी पनि हुन् । गेलले अब नयाँ पिढीका खेलाडीहरुलाई मौका दिन पनि आफुले सन्यासको घोषणा लिएको बताएका छन् । आगामी मे ३० देखि जुलाई १४ तारिखसम्म हुने विश्वकप खेलेर उनी बिदाई हुने तयारीमा रहेका छन् ।