फागुन २ – हरेक फ्रेब्रअरी १४ मा मनाईने भ्यालेन्टाईन डे अर्थात प्रेम दिवस विश्व व्यापीरुपमा मनाउन थालिएको छ । अहिले हरेक प्रेम गर्ने जोडीहरुले यो दिनलाई बिषेशगरी मनाउछन् चकलेटी , उपहार रातो गुलाफ साटासाट गरेर । प्राय युवास्थामा रहेका प्रेमी जोडीहरुले मनाउने प्रेम दिवस आजभोली बिवाहित जोडीहरुले पनि मनाउन थालेका छन् । आजको दिन विश्वभरका बिवाहित जोडीहरुले आ आ तस्बिरहरु राखेर विश गरे ।

यसैक्रममा भुटानका पूर्व प्रधानमन्त्री छिरिङ तोग्बेले पनि श्रीमतीसहितको एक पृथक तस्बिर सामाजिक सञ्जालमा राखेर मनाएका छन् । श्रीमतिले आफ्ना दुवै कान बेस्सरी निमोठेपछिको पृथक तस्वीर तोग्बेले फेसबुक र ट्वीट्र जस्ता समाजिक सञ्जालमा अपलोड गरेका छन् । उक्त तस्बिर पोस्ट गर्दे उनले लेखेका छन् “भ्यालेन्टाईन डे” । भुटान लगायतका देशहरुमा उनले पोस्ट गरेको यो तस्बिर आज सामाजिक सञ्जालमा निकै भाईरल बनिरहेको छ ।