२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

हिन्दी भाषा युएइको तेस्रो औपचारिक भाषा

2846 Shares
notexct
Spread the love

अबुदाबी, २९ माघ
संयुक्त अरब इमिरेट्स (युएई) को न्यायिक निकायले आइतबार हिन्दी भाषालाई तेस्रो औपचारिक भाषाको रुपमा प्रस्तुत गरेको छ । अरबी र अंग्रेजीपछि हिन्दीलाई पनि न्यायिक निकायमा तेस्रो औपचारिक भाषाको रुपमा मान्यता दिने निर्णय आइतबार भएको अधिकारीहरुले बताएका छन् ।

notexct

भारतका विदेश मन्त्री सुष्मा स्वराजले युएइको अदालतमा दिएको निवेदनका आधारमा अदालतले हिन्दी भाषालाई पनि कामकाजको भाषाको मान्यता दिएको जानकारी दिनुभयो । सामाजिक सञ्जाल ट्वीटरमा युएइको अदालतको प्रशंसा गर्दै उहाँले हिन्दी भाषालाई पनि युएइमा औपचारिक भाषाको मान्यता दिएकोमा धन्यवाद व्यक्त गर्नुभएको छ ।

यो निर्णयले न्याय सेवा प्रवाह थप प्रभावकारी हुने र आम नागरिक लाभान्वित हुने उहाँले विश्वास व्यक्त गर्नु भएको छ ।
युएइमा आप्रवासीहरु मध्ये सवै भन्दा धेरै भारतीय रहेका छन् । उनीहरु अधिकांश हिन्दी भाषी हुने गरेका छन् । त्यसैले पनि हिन्दी भाषालाई औपचारिक भाषाको रुपमा मान्यता दिनु पर्ने देखिएको हो ।

एक तथ्यांकका अनुसार दुबईमा तीन लाख भन्दा बढी भारतीयहरु रहेका छन् । उनीहरु प्राय भारतको उत्तरी र मध्य क्षेत्रबाट आउने गरेको गल्फ न्युजले लेखेको छ । (रासस÷एएनआई)

प्रतिक्रिया