माघ २८- अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को बरियतामा नेपालका ३ जना खेलाडीहरुले उल्लेखनिय सुधार गरेका छन् । आईसीसीले जारी गरेको टी–२० क्रिकेटको पछिल्लो बलिङ बरियतामा नेपालका सोमपाल कामी७० औं स्थानमा आइपुगेका छन्। यसअघि उनी ९२ औं स्थानमा रहेका थिए । ४०९ रेटिङ अंक पाएका सोमपालका लागि यो करिअरकै सबैभन्दा राम्रो उपलब्धी मानिएको छ । यसैगरी बलिङतर्फका नै बसन्त रेग्मीले पनि आफ्नो वरियता सुधार ल्याएका छन् ।

आईसीसीले जारी गरेको टी–२० क्रिकेटको पछिल्लो बलिङ बरियतामा नेपालका सोमपाल कामीले २२ स्थान सुधार गर्दै ७० औं स्थानमा आइपुगेका छन्। यसअघि उनी ९२ औं स्थानमा थिए। ४०९ रेटिङ अंकका साथ ७१ औं स्थानमा रहेका छन् । यसैगरी यतिबेला बिग ब्यास खेलिरहेका सन्दीपको वरियताभने उछाल नै आएको छ ।

उनले आफ्नो वरियतामा सबैभन्दा बढी ३६ स्थान सुधार गर्दै १५९ औं स्थानमा यसलाई पनि सन्दीपकै करियरको लागि ठुलो उपलब्धी मानिएको छ । अलराउन्डरतर्फ कप्तान पारस खड्काले ४० औं स्थानमा उक्लिएका छन्। उनले ७६ रेटिङ अंक पाउँदै ४० स्थान पाएका हुन् । सोमपाल कामी पनि अलराउण्डरतर्फ ५१ औं स्थानमा छन्।

ब्याटिङतर्फ भने कप्तान पारस ९० औं स्थानमा छन्। अन्य कुनै पनि नेपाली खेलाडी ब्याटिङको शीर्ष १०० भित्र पर्न सकेका छैनन् । टी–ट्वान्टी क्रिकेटको ब्याटिङ वरियताको शीर्ष स्थानमा पाकिस्तानका बाबर अजाम र बलिङतर्फ शीर्ष स्थानमा अफगानिस्तानका युवा बलर राशिद खान र अलराउन्डरमा अष्ट्रेलियाका ग्लेन म्याक्श्वेल रहेका छन् ।