२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

९७ बर्षीय बेलायती राजकुमारले अन्तत: त्यागे लाइसेन्स

2515 Shares
Spread the love

माघ २७- बेलायती ड्युक अफ एडिन्बरा फिलिपले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)  त्याग गरेका छन् । केही समय अगाडी मात्र ट्राफिक नियम पालना नगरी बेल्ट नलगाई गाडी चलाएपछि उनले दुर्घटना गरेका थिए । घटनापछि प्रहरीलेसमेत उनीसंग सोधपुछ गरेका छन् । गाडी र्दुघटनामा परेपछि भाईरल भएको तस्बिरमा उनले बेल्ट लगाएको नदेखिएपछि उनी आलोचनामा आएका थिए ।

घटनापछि फिलिपले माफी पनि मागेका थिए । ९७ वर्षिय फिलिप ब्रिटेनकी महारानी एलिजाबेथका श्रीमान हुन् । ९७ बर्षको उमेरमा पनि आफैले गाडी चलाउँदै आएका उनले स्वेच्छाले लाइसेन्स त्यागेको बकिङ्घम दरबारले उल्लेख गरेको छ । दरबारले जारी गरेको विज्ञप्तीमा भनिएको छ”होसियारीपूर्ण विचारपछि ड्युक अफ एडिन्बराले आफ्नो लाइसेन्स स्वेच्छाले त्याग्ने निर्णय लिएका छन्।”

notext

राजकुमारले अधिकारीहरूसमक्ष लाइसेन्स बुझाएको र त्यो सवारी तथा लाइसेन्स सम्बन्धी निकायमा पठाइएको कुरा नोरफोक प्रहरीले पुष्टि गरेको छ। दुर्घटनासम्बन्धी फाइल सरकारी अभियोजन कार्यालयमा पठाइएको र उसले राजकुमारको पछिल्लो कदमलाई ध्यान दिने बताइएको छ। उनले लाइसेन्स त्यागेसंगै अब उनले चालक राख्ने भएका छन् ।

जनवरी १७ मा भएको दुर्घटनामा राजकुमार घाइते हुनबाट जोगिएका थिए तर उनको कारसँग जुधेको किया मोटरमा सवार एक महिलाको नाडी भाँच्चिएको थियो। कियामा एक नौ महिनाको बालक सहित तीनजना मानिस सवार थिए। राजकुमारले घाइते महिलालाई पत्र लेख्दै दुर्घटनालाई “निकै दुस्खदायी घटना” को रूपमा स्वीकार गरेका छन्। घटनापछि फिलिपले आफुलाई पछुतो लागेको समेत उल्लेख गरेका छन् ।

प्रतिक्रिया