२०८३, २७ बैशाख आईतवार
×

ट्रेन्डिङ

नेपालमा जग्गा उपलब्ध गराउनुस् एकसय करोड लगानी म गर्छु – आचार्य बालकृष्ण

5294 Shares
Spread the love

स्याङ्जा । भारतीय आयुर्वेदिक कम्पनी पतन्जलीका सिइओ तथा आयुर्वेद शिरोमणि आचार्य बालकृष्णजी महाराजले नेपालमा लगानीका लागि आफू तयार रहेको बताएका छन् । जन्म जिल्ला स्याङ्जाको वालिङमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा आचार्य बालकृष्णले शैक्षिक संस्था, जडीबुटी, उद्यान र उद्योगको विकासका लागि पहिलो चरणमा एकसय करोड लगानी गर्ने बताएका हुन् ।

notext

‘मैले यहाँबाट कमाएर लाने पनि होइन यहीको विकासका लागि लगानी गर्छु,’ आचार्य बालकृष्णले भने, ‘तपाईंहरुको माया र स्नेह मात्रै पाए पुग्छ अरू लगानीका लागि कुनै चिन्ता छैन योजना सफल बनाउन एक सय करोड होइन त्यो भन्दा पनि बढी म खर्च गर्छु ।’ वालिङ उद्योग वाणिज्य संघले वालिङको विकासका लागि उद्योगधन्दाहरु सञ्चालनका लागि ज्ञापनपत्र उनलाई बुझाएको थियो ।आचार्य बालकृष्णले उद्यमशीलताको विकासका लागि तयार रहेको बताउँदै संघलाई जग्गा उपलब्ध गराउन आग्रह गरे । वालिङ नगरपालिका–६ भरुवामा जन्मिनुभएका आचार्य बालकृष्णलाई महोत्सवस्थलमा वालिङ नगरप्रमुख दिलीपप्रताप खाँण र वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेलले सम्मान गरेका थिए ।

को हुन आचार्य बालकृष्ण ?

चार वर्ष अघि बाबा रामदेव कालोधनको मुद्दालार्इ लिएर नयाँदिल्लीको रामलिला मैदानमा अनसन बसिरहेका थिए। दिल्ली पुलिसले अनसन हटाउन रामदेवलार्इ चेतावनी दियो। उनी टसमस भएनन्। पछि मध्यरातमा अनसनस्थलमा पुलिसले धावा बोल्यो।

रामदेव महिलाले लगाउने कुर्तासलवार लगाएर अनसनस्थलबाट भागे। अनसनस्थलबाट वेपत्ता भए रामदेवका सबैभन्दा निकटका सहयोगी आचार्य बालकृष्ण। त्यसपछि सोधिखोजी भयो आखिर को हुन् आचार्य बालकृष्ण ?

आचार्य वेपत्ता भएपछि काँग्रेस आइका नेता दिगविजय सिंहले आरोप लगाए, उनी नेपालका अपराधी हुन्। आचार्य बालकृष्ण माथि भारतमा गैरकानूनी ढंगले राहादानी लिएको आरोप समेत लाग्यो। उनी र उनले लिएको राहादानीका विषयमा छानविन गर्न दर्जनौं समिति समेत बने। कहिं उनलार्इ दोषी देखाइयो, कहीं उनले सफार्इ पनि पाए।

आन्दोलनका वेला वेपत्ता बालकृष्ण पछि रामदेवकै योग केन्द्र हरिद्वारमा भेटिए। तर उनी भेटिनु अघि नेपालको स्याङ्जा वालिङ वडा नम्वर ४ भरुवामा बस्दै आएका जयबल्लभ सुवेदी र सुमित्रा सुवेदीले सरकारसँग बालकृष्णलार्इ खोजीदिन अपिल गरे। उनीहरुको दावी थियो, बालकृष्ण हाम्रा छोरा हुन्।

इमेज खबरकाअनुसार बालकृष्णको जन्म २०२९ साल साउन १९ गते भारतको हरिद्वारमा भएको थियो। जयबल्लभ नोकरीको सिलसिलामा हरिद्वारमा बसेको बेला त्यहीं नै बालकृष्णको जन्म भएको हो। बालकृष्ण जन्मिएको तीन महिनापछि उनीहरु बच्चा लिएर स्याङ्जा फर्किएका थिए।

त्यसपछि १३ वर्षको उमेरसम्म गाउँमै बसेका बालकृष्णले पाँच कक्षासम्म वालिङ, काफलडाँडास्थित तेज प्रगति प्राथमिक विद्यालयमा पढेका थिए। १३ बर्षको उमेरमा बालकृष्ण घरबाट भागे। उनी सुरुमा नयाँ दिल्लीको गौतमनगरस्थित वेद विद्याश्रममा पुगे। पछि उनले हरिद्वारमा अध्ययन गरे।

आयुर्वेदमा विज्ञता हासिल गरेपछि बालकृष्ण सुवेदी आयुर्वेद शिरोमणि आचार्य बालकृष्णका रुपमा चिनिन थालेका हुन्। १३ बर्षको उमेरमा घर छाडेका आचार्य बालकृष्ण छ वर्ष अघि मात्रै गाउँ फर्किएका थिए। बाबा रामदेवसंगै गाउँ पुगेका उनले वालिङमा पतञ्जली योग तथा आयुर्वेद केन्द्रको स्थापना गराई बाबा रामदेवबाट उद्घाट्न गराएका थिए।

उनी त्यति वेलै मातापिता र परिवारजनसंग भेटघाट गरेका थिए । उनकै पहलमा स्याङ्जामा आयुर्वेद जडिबुटी उद्यानको निर्माण कार्य समेत भैरहेको छ। खेर गएका पाखा पखेरामा जडिबुटी खेती शुरु गरिएको छ । आचार्य बालकृष्णका बाबु आमा नेपाली भएपनि उनले नेपाली नागरिकता भने नलिएको स्याङ्जा जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ।

बालकृष्णसँग कति छ सम्पत्ती?

पतञ्जली आयुर्वेदले सन् २०१४ को वित्तीय वर्षमा १४ अर्व भारुको कारोवार गरेको थियो। तथ्याङ्क उपलब्ध नभए पनि यो कारोबार सन् २०१५ मा २० अर्व भारु पुगेको इकोनोमिक टाइम्सले जानकारी दिएको छ।

दुई हजार करोडको कारोवारको अर्थ हो, घरायसी तथा व्याक्तिगत स्वास्थयका उत्पादन गर्ने कम्पनी इमामी बराबरको कारोवार । इमामी जसले झण्डूबामदेखि बोरोप्लस, नवरत्न तेल, फेयर एण्ड ह्याण्डसम उत्पादन गर्छ । यो कम्पनीको सन् २०१५ मा २२ अर्व १७ करोड भारु कारोवार भएको थियो। यो कम्पनीको भारतको सेयर बजारमा बजार पुँजीकरण एक अर्व भारुभन्दा बढी छ।

त्यसबाहेक बाबा रामदेवको योगालार्इ प्रचार गर्न आस्था च्यानल सञ्चालनमा छ। यो च्यानलको प्यारेन्ट कम्पनी हो, वैदिक ब्रोडकास्टिङ लिमिटेड। यो कम्पनीमा बालकृष्णको आठ लाख कित्ता सेयरमध्ये सात लाख ९९ हजार २५० कित्ता अर्थात ९९ दशमलव ९ प्रतिशत सेयर हिस्सा छ।

सार्वजनिक जानकारीमा उपलब्ध विवरणअनुसार यो कम्पनीले सन् २०१० मा झण्डै २० करोड भारुको कारोवार गरेको थियो। त्यसमध्य कम्पनीले १९ करोड २६ लाख भारुको विज्ञापन पाएको थियो। कम्पनीले त्यो वर्ष दुर्इ करोड ३० लाख भारु मुनाफा गरेको थियो।

त्यसैगरी बालकृष्णको स्वामित्वमा दिव्य फार्मेसी पनि छ। भने रामदेव, बालकृष्णको स्वामित्वमा चार ट्रष्ट पनि सञ्चालनमा छन्। चार ट्रष्टमध्ये सबैभन्दा ठूलो ट्रष्ट दिव्य योग मन्दिर ट्रष्ट हो। त्यसैगरी पतञ्जली योगपिठ ट्रष्ट, भारत स्वाभिमान र आचार्यकुल शिक्षा सदन छन्।

ट्रष्टको वित्तीय विवरणहरु कमै सार्वजिनक हुन्छन् । सन् २०११ मा सार्वजनिक भएको एउटा विवरणअनुसार यी चार ट्रष्टले त्यो वर्ष चार अर्व २६ करोड भारुको कारोवार गरेका थिए। त्यसैगरी यी चार ट्रष्टबाट सात अर्व ८५ करोड भारु खर्च गरिएको थियो।

फुड पार्कमा पनि छ लगानी

भारत सरकारले सन् २००८ मा मेगा फुड पार्कको योजना सार्वजनिक गर्यो। यो योजनाअनुसार स्थापना हुने फुड पार्कका लागि भारत सरकारले ५० करोड अनुदान दिने निर्णय गरेको थियो। यही योजनाअनुसार पतञ्जली आयुर्वेदले दुर्इ वटा फुड पार्कमा लगानी गरेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार हरिद्वारमा स्थापना गरिएको फुडपार्कमा पतञ्जली आयुर्वेदको ४९ प्रतिशत सेयर छ भने झारखण्डमा स्थापना गरिएको अर्को फुडपार्कमा कम्पनीको २५ प्रतिशत सेयर स्वामित्व छ।

हरिद्वारको फुडपार्क सञ्चालमा आइसकेको छ र त्यो कम्पनीको पनि प्रवन्ध निर्देशक हुन, आचार्य बालकृष्ण। यो कम्पनीमा पनि पतञ्जलीले ५० करोड भारु लगानी गरेको बालकृष्णले जानकारी दिए।

त्यसैगरी त्यहाँ स्थापना भएका पतञ्जलीका प्लान्टमा पाँच अर्व भारु लगानी भएको पनि बालकृष्णले जानकारी दिएका छन् । यो पार्कमा ४० युनिट सञ्चालनमा छन्, त्यसमध्य २८ वटा युनिट पतञ्जलीका हुन् । आचार्य बालकृष्णले यो संख्या ६५ सम्म पुग्ने जानकारी दिए । आचार्य बालकृष्णले फुडपार्क पूर्ण सञ्चालनमा आए त्यसको कारोवार ४५ अर्व भारु पुग्ने जानकारी दिए ।

आचार्य हेर्छन आर्थिक कारोवार

सन् २००९ मा बियोन्ड हेडलार्इनले एउटा आरटिआर्इबाट आएको जानकारीका आधारमा समाचार तयार पार्यो, रामदेवले भारतीय जनता पार्टीलार्इ ११ लाख भारु चन्दा दिए। योगीले राजनीतिक दललार्इ चन्दा दिएको विषयले विवाद सिर्जना गर्यो। रामदेवले सुरुमा समाचारको खण्डन गरे तर पछि उनले आर्थिक मामिला आफूले नहेर्ने बरु आचार्य बालकृष्णले हेर्ने बताए।

सुरुमा बियोन्ड हेडलार्इनको सम्पर्कमा आउन नचाहेका बालकृष्णले पछि आफै त्यसका सम्वाददातासँग भेट गरे। उनले रामदेवले कुनै पनि आर्थिक कारोवार नहेर्ने बरु उनका तर्फबाट सबै आर्थिक कारोवार आफूले हेर्ने बताए।

प्रतिक्रिया