२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

अमेरिकी राष्ट्रपति ट्रम्प बेलायत आउने

2163 Shares
Spread the love

लण्डन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प बेलायत आउने अपेक्षा गरिएको छ । आउदो डिसेम्बरमा हुने नाटो शिखर सम्मेलनमा सहभागी हुनका लागि उनि बेलायत आउन लागेका हुन्  ।

notext
राष्ट्रपति भएपछिको पहिलो भ्रमण गत बर्षको जुलाईमा गर्दा उनिविरुद्ध व्यापक प्रदर्शन भएको थियो । नाटोका प्रमुख जेन्स स्टोल्टेनबर्गले बुधबार जारी गरेको वक्तव्यमा डिसेम्बरमा शिखर सम्मेलन गर्ने सहमती भएको उल्लेख गरिएको छ ।
सुरक्षा चुनौती र नाटोले मानिसलाई सुरक्षित राख्न कसरी सक्छ भन्ने बारेमा शीर्ष नेताहरू बीच छलफल हुने वक्तव्यमा लेखिएको छ ।

बेलायती प्रधानमन्त्रीको कार्यालयद्धारा बुधबार जारी गरिएको विज्ञप्तीमा प्रधानमन्त्री थेरेशा मेले सो सम्मेलनलाई ‘महत्वपूर्ण अवसर’को रूपमा लिइएको बताउनु भएको उल्लेख छ ।
विश्वको आधुनिकीकरणका लागि नाटोको शिखर सम्मेलन महत्वपूर्ण हुने उनको विश्वास छ। नाटोको इतिहासमा बेलायतले मुख्य भूमिका खेल्दै आएको छ ।

प्रतिक्रिया