२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

अरब देशहरुमै पहिलो गृहमन्त्री बनिन् रया अल हसन

1486 Shares
notext
Spread the love

माघ २४, बिहिबार
अरब देशहरुकै पहिलो महिला गृहमन्त्री लेबनानकी नेता रया अल हसनलेबुधबार गृहमन्त्रीको जिम्मेवारी सम्हालेकी छिन् ।
हसनले पदभार ग्रहण गरेसँगै लेबनानी प्रधानमन्त्री साद हरीरीले ट्वीट गर्दै भनेका छन्, ‘हामीलाई लेबनानका महिलामाथि, सरकारका महिला मन्त्रीमाथि, अरब जगतकै पहिलो महिला मन्त्रीमाथि, भविष्य तथा लेबनानमाथि नै गर्व छ ।

notext

पीटीआईले जनाएअनुसार रहया अल हसन लेबनान सरकारको ३० सदस्यीय मन्त्रिमण्डलका चार महिला सदस्यमध्येकी एक हुन् । उनी हरीरीको फ्यूचर मुभमेन्ट पार्टीकी सदस्य पनि हुन् । त्यस्तै उनले अमेरिकाको जर्ज वाशिंगटन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेकी छिन् । अरब देशहरुमा त्यहाँको सरकार प्रमुखपछि गृहमन्त्रीलाई शक्तिशाली मानिन्छ । त्यसकारण पनि हसन गृहमन्त्रीमा नियुक्त भएको समाचारलाई महत्वका साथ हेरिएको छ ।

रया अल हसनले यसभन्दा पहिले सन् २००९ मा लेबनानको अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेकी थिइन् । उनी अरब देशहरुमै अर्थमन्त्री बन्ने पहिलो महिला पनि हुन् ।अरब देशहरुकै पहिलो महिला गृहमन्त्री बनेपछि अहिले त्यसैको चर्चा भैरहेको छ । एजेन्सी

प्रतिक्रिया