शनिवार, २०८३ मंसिर ५
EN
मेनु

प्रधानमन्त्री शाहको भारत भ्रमणमा निजी क्षेत्रबाट ५२ व्यवसायी सहभागी हुँदै

प्रधानमन्त्री शाहको भारत भ्रमणमा निजी क्षेत्रबाट ५२ व्यवसायी सहभागी हुँदै

AI सारांश (Quick Summary)

३० सेकेन्डको जानकारी
  • प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणमा निजी क्षेत्रको प्रतिनिधित्व गर्दै ५२ जना उद्योगी–व्यवसायी सहभागी हुने भएका छन्।
  • भ्रमणका क्रममा दुई देशबीचको द्विपक्षीय व्यापार विस्तार, नेपालमा भारतीय लगानी आकर्षित गर्ने तथा आर्थिक सहकार्यका नयाँ अवसर खोज्ने विषयमा छलफल गरिने बताइएको छ।
  • भ्रमणमा सहभागी हुने उद्योगी–व्यवसायीहरूले हवाई भाडा र होटल खर्चसहित सम्पूर्ण आर्थिक दायित्व आफैँ बेहोर्नुपर्नेछ।

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणमा निजी क्षेत्रको प्रतिनिधित्व गर्दै ५२ जना उद्योगी–व्यवसायी सहभागी हुने भएका छन्। भ्रमणका क्रममा दुई देशबीचको द्विपक्षीय व्यापार विस्तार, नेपालमा भारतीय लगानी आकर्षित गर्ने तथा आर्थिक सहकार्यका नयाँ अवसर खोज्ने विषयमा छलफल गरिने बताइएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार नयाँदिल्लीमा आयोजना हुने नेपाल–भारत बिजनेस फोरमलाई लक्षित गरी निजी क्षेत्रको छुट्टै व्यावसायिक प्रतिनिधिमण्डल तयार गरिएको हो। भ्रमणमा सहभागी हुने उद्योगी–व्यवसायीहरूले हवाई भाडा र होटल खर्चसहित सम्पूर्ण आर्थिक दायित्व आफैँ बेहोर्नुपर्नेछ।

प्रतिनिधिमण्डलमा विभिन्न व्यावसायिक संघ–संस्थाका पदाधिकारी, पूर्वअध्यक्ष तथा स्थापित उद्यमीहरूको सहभागिता रहनेछ। सूचीमा अञ्जन श्रेष्ठ, भवानी राणा, कृष्णप्रसाद शर्मा, डा. गोपालप्रसाद तिवारी, सुनिता न्हेमाफुकी, बटु लामिछाने, उज्ज्वल श्रेष्ठ, सागर ढकाल, निरज काफ्ले र शिवकुमार अग्रवाल समावेश छन्।

यसैगरी वीरेन्द्रराज पाण्डे, राजेशकुमार अग्रवाल, निर्वाण चौधरी, राजबहादुर शाह, कमलेशकुमार अग्रवाल, दीपककुमार मलहोत्रा, खिमनारायण पराजुली, कुनाल कयाल, सुनिल के.सी. र करण चौधरी पनि भ्रमण टोलीमा रहनेछन्।

त्यस्तै मोहनकुमार डाँगी, गणेश कार्की, पुष्कर पौडेल, विभूषण विष्ट, पशुपतिदेव पाण्डे, अर्जुनकुमार श्रेष्ठ, शोभा गुरुङ, गोविन्दप्रसाद घिमिरे, सरोज श्रेष्ठ र रवीन्द्र शाक्य टोलीमा समेटिएका छन्।

भ्रमणमा सहभागी हुने अन्य सदस्यहरूमा सुरेन्द्रकुमार उप्रेती, विनायक शाह, सागर पाण्डे, भरतजंग पाण्डे, दर्शना श्रेष्ठ, डिकिला शेर्पा लामा, बलराम गुरुङ, सचिन ढकाल, नितेश मालपानी र कल्याण गुरुङ रहेका छन्।

सूचीको अन्त्यतिर टुकप्रसाद पौडेल, जीवनाथ लामिछाने, दिरेकलाल श्रेष्ठ, अनुप आचार्य, नरेश दास, यमुना श्रेष्ठ, विष्णुकुमार अग्रवाल, दिलिप अग्रवाल, सञ्जय काफ्ले, दीपक थापा, निकोलस पाण्डे र राजनकुमार बनको नाम समावेश गरिएको छ।

ताजा अपडेट

जनमत सर्वेक्षण

जनमत (Public Poll)

Live
वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गरिरहेको छ?
पूर्ण रूपमा गरिरहेको छ 0% (0)
केही हदसम्म गरिरहेको छ 0% (0)
अपेक्षाभन्दा कमजोर छ 66.7% (2)
बिल्कुलै गरिरहेको छैन 33.3% (1)
अहिले नै मूल्यांकन गर्न सकिँदैन 0% (0)
जम्मा मत: 3

ट्रेन्डिङ