आइतवार, २०८३ मंसिर ६
EN
मेनु

बर्खास्त भएका एआईजी दाहालले दिए पुनरावेदन

बर्खास्त भएका एआईजी दाहालले दिए पुनरावेदन

AI सारांश (Quick Summary)

३० सेकेन्डको जानकारी
  • दाहालले गृहमन्त्रीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुनरावेदन निवेदन दिएका हुन्।
  • त्यसैले उनले पहिलो चरणमा मन्त्रिपरिषद्‍मै पुनरावेदन दिएका हुन्।
  • सरकारले संवेदनशील सूचना चुहाएको र पदीय आचरणविपरीत काम गरेको आरोपमा असोज २३ गते दाहाललाई सेवाबाट बर्खास्त गरेको थियो।

काठमाडौँ – संवेदनशील सूचना चुहाएको आरोपमा बर्खास्तीमा परेका सशस्त्र प्रहरी बलका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहालले सरकारको निर्णयविरुद्ध पुनरावेदन दिएका छन् ।

दाहालले गृहमन्त्रीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुनरावेदन निवेदन दिएका हुन् । उनको निवेदनमाथि निर्णय गर्ने अधिकार मन्त्रिपरिषद्सँग हुन्छ ।

मन्त्रिपरिषद्ले यसअघि गरेको बर्खास्तीको निर्णय सदर गरेमा मात्रै दाहाललाई अदालत जाने बाटो खुल्नेछ । त्यसैले उनले पहिलो चरणमा मन्त्रिपरिषद्‍मै पुनरावेदन दिएका हुन्।

सरकारले संवेदनशील सूचना चुहाएको र पदीय आचरणविपरीत काम गरेको आरोपमा असोज २३ गते दाहाललाई सेवाबाट बर्खास्त गरेको थियो ।

ताजा अपडेट

जनमत सर्वेक्षण

जनमत (Public Poll)

Live
वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गरिरहेको छ?
पूर्ण रूपमा गरिरहेको छ 0% (0)
केही हदसम्म गरिरहेको छ 0% (0)
अपेक्षाभन्दा कमजोर छ 66.7% (2)
बिल्कुलै गरिरहेको छैन 33.3% (1)
अहिले नै मूल्यांकन गर्न सकिँदैन 0% (0)
जम्मा मत: 3

ट्रेन्डिङ