बुधवार, २०८३ मंसिर ९
EN
मेनु

गगन नेतृत्वको कांग्रेसलाई निर्वाचन आयोगको मान्यता

लामो समयदेखि रोकिएको अभिलेखीकरण प्रक्रिया पूरा, निर्वाचन आयोगको बुधबारको बैठकले नयाँ पदाधिकारी र संशोधित विधान अद्यावधिक गर्ने निर्णय।

गगन नेतृत्वको कांग्रेसलाई निर्वाचन आयोगको मान्यता

AI सारांश (Quick Summary)

३० सेकेन्डको जानकारी
  • महाधिवेशनबाट गगनकुमार थापा सभापतिमा निर्वाचित हुनुका साथै नयाँ केन्द्रीय कार्यसमिति चयन भएको थियो।
  • आयोगको पछिल्लो निर्णयसँगै कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्व र संशोधित विधानको अभिलेख अद्यावधिक गर्ने प्रक्रिया टुङ्गिएको छ।
  • राजनीतिक दलसम्बन्धी कानुनी व्यवस्थाअनुसार दलको विधान तथा पदाधिकारीमा भएको परिवर्तन निर्वाचन आयोगमा अद्यावधिक गराउनुपर्ने व्यवस्था छ।

काठमाडौं — निर्वाचन आयोगले नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पारित संशोधित विधान तथा निर्वाचित नयाँ पदाधिकारीहरूको विवरण आधिकारिक अभिलेखमा अद्यावधिक गरेको छ।

आयोगको बुधबार बसेको बैठकले कांग्रेसको नयाँ विधान र महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरूको विवरण अद्यावधिक गर्ने निर्णय गरेको निर्वाचन आयोगका प्रवक्ता नारायण भट्टराईले जानकारी दिएका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशन गत असोज १८ देखि २३ गतेसम्म काठमाडौंको खुलामञ्चमा सम्पन्न भएको थियो। महाधिवेशनबाट गगनकुमार थापा सभापतिमा निर्वाचित हुनुका साथै नयाँ केन्द्रीय कार्यसमिति चयन भएको थियो।

महाधिवेशनले पार्टीको विधानमा विभिन्न संशोधन तथा हेरफेरसमेत गरेको थियो। संशोधित विधानअनुसार पार्टीको केन्द्रीय संरचना, पदाधिकारीको व्यवस्था तथा संगठनात्मक संरचनामा परिवर्तन गरिएको छ।

महाधिवेशनपछि नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको विवरण अद्यावधिक गराउन कांग्रेस महामन्त्री प्रदीप पौडेल नेतृत्वको टोलीले गत कात्तिक १६ गते निर्वाचन आयोगमा आवश्यक कागजात र विवरण बुझाएको थियो।

तर, आयोगले लामो समयसम्म विवरण अद्यावधिक नगर्दा पार्टीको नयाँ नेतृत्वको अभिलेखीकरण प्रक्रियामाथि विभिन्न कोणबाट प्रश्न उठ्दै आएका थिए। संशोधित विधान, आवश्यक कागजात तथा अन्य विवरणको अध्ययन र जाँचका कारण प्रक्रिया लम्बिएको आयोगले यसअघि जनाएको थियो।

आयोगको पछिल्लो निर्णयसँगै कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्व र संशोधित विधानको अभिलेख अद्यावधिक गर्ने प्रक्रिया टुङ्गिएको छ।

राजनीतिक दलसम्बन्धी कानुनी व्यवस्थाअनुसार दलको विधान तथा पदाधिकारीमा भएको परिवर्तन निर्वाचन आयोगमा अद्यावधिक गराउनुपर्ने व्यवस्था छ।

ताजा अपडेट

जनमत सर्वेक्षण

जनमत (Public Poll)

Live
वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गरिरहेको छ?
पूर्ण रूपमा गरिरहेको छ 0% (0)
केही हदसम्म गरिरहेको छ 25% (1)
अपेक्षाभन्दा कमजोर छ 50% (2)
बिल्कुलै गरिरहेको छैन 25% (1)
अहिले नै मूल्यांकन गर्न सकिँदैन 0% (0)
जम्मा मत: 4

ट्रेन्डिङ