२०८३, २ भाद्र मंगलवार
×

ट्रेन्डिङ

सुकीको कारकेडमा खटिएका प्रहरीलाई माईक्रोले ठक्कर दिएपछि चालक कुटिए (भिडियो सहित)

1039 Shares
Spread the love

मंसिर १४- एसिया प्यासिफिककोमा सहभागी हुन आएकी म्यानमारकी नेतृ आङ सान सुकीको कारकेडमा खटिएको प्रहरीको मोटरसाइकल दुर्घटनामा परेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाईरल भईरहेको छ ।

सुकीलाई सोल्टी होटल पु¥याई फर्किने क्रममा बिहिबार साँझ करिब ७ः३० बजे त्रिपुरेश्वरमा प्रहरीको मोटरसाइकललाई विपरित दिशाबाट आइरहेको बा १ ज ६५७७ नम्बरको निलो माइक्रोले ठक्कर दिएको थियो । घटनामा प्रहरी सहायक निरिक्षक दीपेन्द्र गुरुङ घाइते भएका छन् ।

लेन क्रस गरेर आइरहेको माइक्रोले प्रहरीको मोटरसाइकललाई ठक्कर दिएकोमहानगरीय ट्राफिक महाशाखा प्रवक्ता एसपी जयराज सापकोटाले बताए । माईक्रोले ठक्कर दिँदा प्रहरी घाईते भएपछि सो भिडियोमा स्पष्ट देख्न सकिन्छ की माईक्रो चालकलाई दुई जना प्रहरी कुटपिट गरेका छन् । यस भिडियोको यतिबेला चौतर्फी आलोचना भईरहेको छ ।

उता भिडियो भाईरल भएसंगै प्रहरीले माईक्रो चालकमाथि कुटपिट गरेको बिषयमा थाहा नभएको प्रवक्ता सापकोटाले बताएका छन् । घटनाबारे बिस्तृतमा बुझेर कारवाही प्रक्रिया अगाडी बढाउँने उनले बताएका छन् । दुर्घटनालगत्तै माईक्रो र चालक दुबै प्रहरी नियन्त्रणमा रहेका छन् ।

प्रतिक्रिया