लण्डन । बेलायतमा नेपालीहरुको बसोबास गर्ने क्रम बढ्दो छ । बेलायतमा सन् २०२१ मार्च महिनामा हुन लागेको जनगणनामा एशीयन मात्र नभयर बेलायतमा बसोबास गर्ने नेपालीहरुलाई (नेपाली )क्याटागोरी पनि राख्न बेलायती सरकारलाई अनुरोध गर्न अल्डरसटमा छलफल भएको छ ।
सो जनगणना गर्ने अभियानमा नेपाली भनेर राख्न युके नेपाल फेलोसीपका अध्यक्ष आलान सान्का र एनआरएन युकेका अध्यक्ष योग कुमार फगामीसंग बेलायतमा बसेको संयुक्त बैठकले सो निर्णय गरेको हो । सो बैठकमा रसमोर बरो काउन्सीलका डेभीड ल्कीफोर्ड र एनआरएन युकेका संरक्षक योगेन क्षत्री, रसमोर नेपाली कम्युनिटीका अध्यक्ष जीव वेलवासे, उपाध्यक्ष रामधन राई, एनआरएन युकेका उपाध्यक्षहरु पुनम गुरुड्ग, शेर बहादुर सुनार, प्रेम गाहा मगर, तमुधी युकेका उपाध्यक्ष हितकाजी गुरुड्ग, एनआरएन युकेका सल्लाहाकारहरु दिलरास गुरुड्ग, पुर्ण गुरुड्ग, मीलन तमु गुरुड्ग,बाचस्पति रेग्मीको उपस्थीती थियो ।
एनआरएनए युकेको आफ्नै कार्यालय अल्डरसटमा छलफल भएको थियो । स्मरणहोस् यस भन्दा पहिला प्रमुख संरक्षक डम्वर घलेको अगुवाइमा एक कार्यक्रम भएको थियो । काउन्सिल लिडर डेभीड र युकेनेपाल फ्रेन्डसिप सोसाइटी को अध्यक्ष आलान सान्का लगायत स्थानीय संघसस्थाहरुको प्रमुखहरु सहितको कार्यक्रम सफल भएको थियो ।
यस कार्यक्रमलाइ थप प्रभावकारी बनाउन ज्ञापनपत्र सहित बेलायतको प्रधानमन्त्री टेरीसा मेको निबासमा यहि आउदो ५ डिसेम्बर २०१८ को दिन ११ बजे जाने कार्यक्रम रहेको कुरा एनआरएन युकेका महासचीव आरके त्रिपाठीले जानकारी दिए ।
एनआरएनए युकेले अगुवाइ गरे पनि बेलायतमा संगठनिक संघ सस्थाहरुको नामावली सहित सो ज्ञापन पत्रमा समाबेस गरिने भएको हुदा तुरुन्तै सम्पर्क गरि आफ्नो सस्थाको नाम टिपाउनु एनआरएन युकेले अनुरोध गरेको छ ।
एनआरएन युकेको सम्पर्क नम्बरहरु : प्रवक्ता रमेश सारनकोटि 07578 571478,महासचिब राज कुमार त्रिपाठी 07798 694816, उप महासचिब बिनय अधीकारी 07454 638283
समाचार श्रोत : शितल पाटी