२०८३, २ भाद्र मंगलवार
×

ट्रेन्डिङ

शान्ति मिसनको विवादमा रक्षा मन्त्री मुछिए

2541 Shares
Spread the love

मंसिर १४ – शान्ति मिसनमा आर्थिक चलखेल मात्रै हैन मिसनमा पठाउनेहरुको नाममा समेत गडबडी हुने गरेको खुलेको छ । रक्षा मन्त्री इश्वर पोखरेलले सैनिक मुख्यालय जंगी अड्डाको प्रस्ताव तत्याइ दिएको तथ्य बाहिरीएको हाे ।

शान्तिस्थापना कार्यमा नेपाली सेनाले पु¥याएको योगदानको स्थलगत निरीक्षण गर्न लेबनान पठाउने पत्रकार पनि भनसुनका आधारमा छनोट भएका छन । सैनिक मुख्यालयले गरेको पत्रकार टोलीको नाम काटेर मन्त्री पोखरेलले आफू निकट पत्रकारलाई पठाएको तथ्य सार्वजनिक भएको हो ।

नेपाली सेना सम्वन्धी विटमा समाचार लेख्ने पत्रकारको नाम सिफारिश भएकोमा मन्त्री पोखरेले त्यसलाइ हटाएर आसेपासेलाईलाई शान्ति मिसन लेवनन पठाएका जंङगी अड्डा स्रोतले नेपाल समाचारपत्रलाई बताएको छ ।प्रधानसेनापति पूर्णचन्द्र थापाको भनसुनजस्ता विकृतिजन्य प्रबृत्ति अन्त्य गर्ने उद्घोषले मन्त्रीका कारण हावा खाएको छ ।

जंगीअड्डाले छनौट गरेका सवै पत्रकारको नाम हटाएर मन्त्री पोखरेलले आफू निकटका पत्रकारको नाम छनौट गरेपछि सैनिक मुख्यालयले यस प्रकारको राजनीतिक हस्तक्षेप नसहने बताएको छ ।

विभागीय मन्त्रीका हैसियतले एकाध नामलाई तलमाथि पार्नु स्वाभाविक भएपनि सवै पत्रकार आफै छनोट गरेर पठाएको घटनालाई हामीले गम्भिरताका साथ लिएका छौ, एक सैनिक अधिकारीले  भने, ‘आगामी दिनमा यस्तो प्रबृति दोहोरिने छैन भन्ने विश्वास गरौं ।’मन्त्रिको कृपामा जानेमा दशरथ राई, देविका घर्ती, प्रकाश सिलवाल, लोकेन्द्र विष्ट र रमेश घिमिरे छन् नेपालसमाचारपत्रमा खबर छ ।

प्रतिक्रिया