२०८३, २ भाद्र मंगलवार
×

ट्रेन्डिङ

धर्म परिवर्तन गराउँने संस्थाको कार्यक्रम सरकारको साथ युथ कांग्रेस नेपालको चर्को विरोध

787 Shares
Spread the love

मंसिर १३ -भोलीबाट सुरु हुन लागिरहेको ‘एसिया प्यासिफिक समिट–२०१८’ का लागि कम्बोडियाका प्रधानमन्त्री हुन सेन र म्यानमारकी नेतृ आङ साङ सुकी नेपाल आईसकेका छन् । सुरुवातबाट नै यस कार्यक्रमलाई चौतर्फी आलोचना भईरहेको छ भने सहआयोजक बन्दा सरकारले पनि आलोचना खेप्नु प¥यो ।

कोरियास्थित अन्तराष्ट्रिय संस्था युनिभर्सल पीस फेडरेसन (यूपिएफ) को आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो जुन कार्यक्रम क्रिश्चियन धर्म प्रचारक संस्था हो । सोही कारणले पनि यो कार्यक्रमलाई लिएर यतिबेला चर्काे बिरोध भईरहेको छ । यसबीचमा उक्त सम्मेलनलाई लिएर राजधानीमा बिरोध प्रर्दशन भएको छ । काठमाडौँको माइतीघरमा भेला भएका स्वतन्त्र युवाहरुको एक समूहले एसिया प्यासिफिक समिटको विरोध गरेका हुन् ।

युवाहरुले विश्वभरि धर्म परिवर्तन गराउने संस्थाको रुपमा बदनाम भएको गैरसरकारी संस्थाको कार्यक्रमलाई सहयोग गरेको भन्दै सरकारको कामको विरोध पनि गरे । यसैगरी उनीहरुले सवारी सञ्चालनमा जोर बिजोर प्रणाली लागु गरेर जनतालाई दुःख दिएको भन्दै नाराबाजी गरेका छन् ।माइतीघरको प्रदर्शनमा उत्रेका केही प्रदर्शनकारीलाई प्रहरीले पक्राउ पनि गरेको छ ।

त्यस्तै नेपाली कांग्रेसका सांसद गगन थापाले काठमाडौं उपत्यकामा बिहीबारबाट सवारी साधनमा लागु भएको जोर बिजोर प्रणालीको अवज्ञा गर्न आह्वान गरेका छन्।सामाजिक सञ्जाल ट्वीटरमा युथ कांग्रेस नेपाल नामक एक संस्थाले पोष्ट गरेको विज्ञप्ति रिट्वीट गर्दै सांसद थापाले धर्मान्तरणको लागि स्थापना भएको विवादित संस्थाको कार्यक्रमका लागि जनतालाई सास्ती दिने सरकारको निर्णय खेदजनक भएको भन्दै सरकारको गलत कामको अवज्ञा गर्न आह्वान गरेका हुन् ।

प्रतिक्रिया