२०८३, २ भाद्र मंगलवार
×

ट्रेन्डिङ

राजधानीमा अनियन्त्रित कारले ठक्कर दिँदा १२ जना घाईते

690 Shares
Spread the love

मंसिर १३-  सुन्धारामा एक नीजि कारको ठक्करबाट १२ जना घाइते भएका छन्। नेपाल एयरलाइन्सको पार्किङबाट बाहिर निस्कने क्रममा बा १८ च ४८७३ नम्बरको कारले सडकमा रहेका यात्रुलाई ठक्कर दिँएको महानगरीय प्रहरी बृत्त जनसेवाले जानकारी दिएको छ। कारका चालक भेषराज पौडेलले ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीलाई बताएका छन्।

कारको ठक्करबाट घाइते हुनेहरुमा सन्तोषी नेपाली, फिलिपिन्सका नागरिक केसिया, जुली बुढाथोकी, गंगामायाँ राई, रुद्रमान पती, प्रज्ञा ज्योति परियार, भावना बोहोरा, मिरा थापा, जोसना ठकुरी, सत्यराज ठकुरी, सृजना पहरी र उर्मीला अधिकारी रहेका छन्। उनीहरुको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

प्रतिक्रिया