२०८३, २ भाद्र मंगलवार
×

ट्रेन्डिङ

‘प्रचण्डमाथि खुकुरी प्रहार’ समाचार लेख्ने पत्रकारलाई तत्काल रिहाइ गर्नुपर्ने : महासङ्घ

1770 Shares
Spread the love

काठमाडौं । नेपाल पत्रकार महासङ्घले पक्राउ परेका पत्रकार गोपाल चन्दलाई तत्काल रिहाइ गर्नुपर्ने माग गरेको छ ।

पत्रकार महासङ्घले आज एक विज्ञप्ति जारी गरी समाचार लेखेको आधारमा पोष्ट पार्टी डटकमका सम्पादक चन्दलाई प्रहरीले पक्राउ गरी मङ्गलबार विद्युतीय कारोवार ऐनअन्तर्गत कारवाही अघि बढाएको घटनाप्रति आपत्ति जनाउँदै तत्काल रिहाई गर्नुपर्ने माग गरेको हो ।

“प्रहरीले पटकपटक आफ्नो कार्यक्षेत्रभन्दा बाहिर गएर पत्रकारलाई पक्राउ गर्नु र मुद्दा चलाउनु प्रेस स्वतन्त्रतामाथिको आक्रमण हो भन्ने महासङ्घको ठहर छ, सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित सामग्रीका बारेमा छानबिन गर्ने र कारवाही गर्ने अधिकार प्रेस काउन्सिल नेपाललाई छ”, विज्ञप्तिमा भनिएको छ ।

काउन्सिलको अधिकार क्षेत्रमाथि हस्तक्षेप गर्दै प्रहरीबाट बारम्बार पत्रकार पक्राउ गरिनु र विभिन्न कानूनअन्तर्गत मुद्दा चलाउने कार्यले सञ्चार जगत्लाई हतोत्सायी बनाएको महासङ्घको ठहर छ ।

महासङ्घले आम सञ्चारकर्मीलाई समाचार सम्प्रेषण गर्दा सत्यतथ्य र निष्पक्षतामा ध्यान दिन र पत्रकार आचारसंहिता पालनामा गम्भीर बन्न आह्वानसमेत गरेको छ ।

प्रतिक्रिया