२०८३, २ भाद्र मंगलवार
×

ट्रेन्डिङ

फिल्मि शैलिमा लुटियाे इटहरीकाे मनी ट्रान्सफर , सञ्चालक माथी छुरा प्रहार

1781 Shares
Spread the love

सुनसरी । सुनसरीको इटहरीस्थित मुख्य बजारमा रहेको मनी ट्रान्सफरमा कर्मचारीमाथि छुरा हानेर रकम लुटिएको छ । विराटनगर लाइनमा रहेको एक्टिभ मनी ट्रान्सफरमा मुखमा पट्टी बाँधेर आएका एक व्यक्तिले सञ्चालकलाई छुरा प्रहार गरी नगद लुटेर भागेको प्रहरीले जनाएको छ ।

छुरा प्रहारबाट सञ्चालक घाइते भएपछि काउन्टरमा रहेको नगद लुटेर लुटेरा भागेको प्रहरीले जनाएको छ । कति नगद लुटियो भन्ने खुलेको छैन । सञ्चालक घाइते भएपछि नजिकै रहेको डेन्टलका सञ्चालकले अस्पताल लगेका थिए ।

प्रतिक्रिया