२०८३, २ भाद्र मंगलवार
×

ट्रेन्डिङ

दैलेखमा जीप दुर्घटना हुँदा ४ को मृत्यु

2123 Shares
Spread the love

मंसिर १२-  दैलेखमा आज जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ४ घाईते भएका छन् । सुर्खेतबाट दैलेखको ठाँटिकाँध गाउँपालिकाको वहाँकोटतर्फ जाँदै गरेको भे १ च २२०७ नम्बरको बोलेरो जीप ठाँटिकाँध गाउँपालिका- ३ को धामीगाउँ नजिक दुर्घटना भएको थियो ।

मृत्यु हुनेमा ठाटीकाध गाउँपालिका १ का ३० वर्षीया निर्मल बम, सोही गाउँपालिका ३ का ४० वर्षीय राजेन्द्र बहादुर शाही, ४ की रत्ना शाही र चालक रमेश शाही रहेको दैलेख प्रहरीले जनाएको छ। क्षेत्रीका अनुसार घाइते ४ जना घाइतेको दुल्लु अस्पतालमा उपचार भइरहेको छ। घाइतेको अवस्था गम्भीर रहेकाले उनले बताए ।जीप सडकदेखि करीब ५० मिटर तल खसेको थियो । दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया