२०८३, २ भाद्र मंगलवार
×

ट्रेन्डिङ

रासायनिक प्लान्टमा विष्फोट, २२ को मृत्यु, २२ घाइते, ५० ट्रक स्वाहा

1047 Shares
Spread the love

काठमाडौं । उत्तरी चीनको एक रासायनिक प्लान्टमा भएको विस्फोटमा कम्तीमा २२ जनाको मृत्यु भएको छ। विस्फोटमा परी २२ जना घाइते भएका छन्।

उत्तरी चीनको हेबेई प्रान्तमा भएको विस्फोटका कारण ५० वटा ट्रक जलेका छन् । ट्रकका टुक्राहरु सडकमा छर्पष्ट उछिट्टिएर आएका थिए ।

आसपासका साढे ३०० भन्दा बढी घरमा सामान्य क्षति पुगेको छ।

विष्फोटका कारण त्यहाँको जनजीवन अस्तव्यस्त भएको छ । घटनाको अनुसन्धान भइरहेको जनाइएको छ ।

घटना राजधानी बेइजिङबाट २०० किलोमिटर टाढा भएको हो ।

प्रतिक्रिया