भारतीय चर्चित कमेडियन कपिल शर्मा भारतका यस्ता कलाकार हुन जसले सफलता उच्च शिरदेखि लड्दाको भुईसम्म देखेका छन् । कमेडी नाईट विथ कपिल शोबाट एकाएक चर्चामा आएका कपिलले द कपिल शर्मा शो , कपिल शर्मा फ्यामिली टाईमसम्म आईपुग्दा उनले धेरै उताडचढावहरु भोगे ।
शोका पार्टनरसंगको झगडा , रक्सी पिउँने बानी , पूर्व प्रेमिकासंगको लफडा लगायतका कुराले कपिलको जीवन अस्तव्यस्त बन्यो । फिल्म निर्माणमा समेत हात हालेका कपिलको फिरंगी फिल्म डुब्नु , पूर्व प्रेमिकासंगको लफडा , व्यस्त जीवन यी र यस्ता कुराहरुले कपिल गहिरो डिप्रेसनमा नै पुगे अर्काेतिर उनको नयाँ शो कपिल शर्मा फ्यामिली टाईम पुरै असफल भएपछि उनीमा थप तनाव बढ्यो तर उनले चल्दा चल्दैको शो छोडेर हिडे र च्यानलले शो नै बन्द गर्नुप¥यो ।
त्यसपछि गायब भएका कपिल लामो समय गुप्तबास ने बसे । केही समय अगाडीमात्र सार्वजनिक भएका कपिलको नयाँ शोका लागि दर्शकहरु प्रतिक्षारत थिए । अन्तत उनको नयाँ शो चाडै आउँने भएको छ । सोनी च्यानलबाट नै द कपिल शर्मा शो नामबाट नै उनी आफना शुभचिन्तकसंग भेट्न आउँने भएका छन् ।

च्यानलले प्रोमो सेयर गर्दे यसबारेमा जानकारी दिएको छ । प्रोमो उनका प्रशंसकहरुलाई इमोशनल बनाउँने तरिकाले निर्माण गरिएको छ जसबाट कपिलले फेरी एक पटक सबैको अटेन्शन पाउँने निश्चित छ । चाडै बिवाहको तयारीमा समेत रहेका कपिल पनि लामो समयपछि कमव्याकका लागि आतुर छन् ।
View this post on Instagram
Poore India ko ek saath hasaane aa raha hai #TheKapilSharmaShow! Jald hi sirf Sony par. @kapilsharma