२०८३, १ भाद्र सोमबार
×

ट्रेन्डिङ

जोर्डनमा एक नेपाली युवतीले गरिन् आत्महत्या

1681 Shares
Spread the love

काठमाडौँ । जोर्डनमा एक नेपाली चेलीले आत्महत्या गरेकी छन्। जोर्डनको क्लासिक कम्पनीमा कार्यरत सिन्धुपाल्चोककी २० वर्षीय सरिता रसाइलीले आत्महत्या गरेकी हुन्।

उनले गत नोभेम्बर २४ तारिख बिहान करिब ५ः३० बजे आत्महत्या गरेकी हुन्। घटना भएपछि जोडर्न पुलिसले रसाइली शव हेर्न नदिएपछि क्लासिक कम्पनीमा नेपालीहरुले आन्दोलन पनि गरेका थिए।

रसाइली काठमाडौँमा रहेको एसीसी मेनपावर मार्फत जोर्डन पुगेकी थिइन्। पोस्टमार्टम रिपोर्टपछि उनले आत्महत्या गरेको जोर्डन पुलिसले बताएको छ।

यद्यपी उनले आत्महत्या गर्नुको कारण अहिलेसम्म खुलेको छैन। यहाँ भन्दा अगाडि सोही कम्पनीमा कार्यरत २३ वर्षीय शरु थापाले पनि आत्महत्या गरेकी थिइन्।

प्रतिक्रिया