1224
Shares
सर्लाही / ज्यानसम्बन्धी कसुर मुद्धामा सर्लाही जिल्ला अदालतबाट म्याद थप भई प्रहरी हिरासतबाट फरार भएकी प्रतिबादी पक्राउ परेकी छिन् । सर्लाही धनकौल गाउँपालिका–४ बस्ने ३० वर्षीय सरितादेबी सहनीलाई प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय वरहथवा सर्लाहीको हिरासतबाट भागी फरार भएकोमा तत्काल खटिएको प्रहरी टोलीले बरहथवा नगरपालिका–७ स्थित नहरको छेउमा रहेको केराको घारीमा लुकी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।