२०८३, १ भाद्र सोमबार
×

ट्रेन्डिङ

मिस नेपाल भर्सेज मिस इन्डिया : कसको परिचय भिडियो अब्बल ? (भिडियोसहित)

2210 Shares
Spread the love

काठमाडौं। अघिल्लो मिस वर्ल्ड चुनिएकी थिइन् भारतीय सुन्दरी मानुषी छिल्लर। यो वर्ष भारतको प्रतिनिधित्व गर्दैछिन् अनुकृति वास। मिस वर्ल्डको हेड टु हेड च्यालेन्जमा मिस नेपाल शृङ्खला खतिवडा र मिस इन्डिया अनुकृति वास दुवैको प्रस्तुति हेर्दा मिस  इन्डिया अनुकृति शृङ्खलाको प्रमुख प्रतिस्पर्धी हुनसक्ने सम्भावना देखिन्छ। जसरी शृङ्खलाले कार्यक्रम प्रस्तोताको प्रश्नको सटीक रुपमा जवाफ दिएकी थिइन् अनुकृतिले पनि आफ्नो समुहमा त्यस्तै तरिकाले जवाफ दिएकी थिइन्।

शृङ्खलाले आफ्नो परिचय भिडियोमा आफ्नो पढाईको बारेमा चर्चा गरिन् अनि उनी कसरी अब्बल छिन् भन्ने देखाउने प्रयास गरिन्। तर मिस इन्डियाको प्रस्तुति भने फरक थियो। उनले आफ्नो परिवारको दुखान्त पाटोलाई प्रस्तुत गरेर सहानुभूति बटुल्ने प्रयास गरिन्।

हेर्नुस् मिस नेपाल र मिस इन्डियाको परिचय भिडियोको तुलनात्मक विश्लेषण।

प्रतिक्रिया