2002
Shares
काठमाण्डौं, मंसिर, ११ ।
अमेरिकी अन्तरिक्ष संस्था नासाले मंगल ग्रहको विस्तृत अध्ययनका लागि पठाएको रोबोर्टसहितको अन्तरिक्ष यान इनसाइट मंगल ग्रहमा पुगेको छ ।
नेपाली समय अनुसार आज बिहान एक बजेर ३८ मिनेट जाँदा मंगल ग्रहमा अवतरण भएको हो । रेड प्लानेटको सतहमा पुगेको इनसाइट ल्याण्डर यानको रोबोर्टले ग्रहको भित्री क्षेत्रका बारेमा अध्ययन गर्नेछ ।
पृथ्वीपछि पहिलोपटक अरु कुनै ग्रहको यस्तो अध्ययन हुन लागेको हो । अब रोबोर्टले मंगल ग्रहका बारेमा प्राप्त जानकारी पठाउने बताइएको छ ।
