२०८३, १ भाद्र सोमबार
×

ट्रेन्डिङ

श्रीमती झुण्डिएको देखेपछि सोही पासो फुकालेर श्रीमानले गरे आत्महत्या

1377 Shares
Spread the love

मंसिर ११ – पाल्पामा श्रीमान श्रीमतीकोले नै सामान्य घरायसी झगडाको निहँुमा आत्महत्या गरेका छन् । श्रीमानसंग झगडा परि रिसाएर हिँडेकी श्रीमतीलाई जंगलमा झुण्डिएको मृत अवस्थामा भेटेपछि सोही पासो फुकाएर आत्महत्या गरे । घटना हो पाल्पाको माथागढी गाउँपालिका ५, हात्तीलुङ गोहेलुङ गाउँको ।

जहाँ ७६ वर्षीय पूर्णबहादुर सारु र उनकी श्रीमती ६६ वर्षकी हरिसरा सारुले आत्महत्या गरेको हुन् । गाउँका दुवै जनाले आत्महत्या गरेपछि गाउँलेलाई शोकमा डुबेका छन् । दम्पतीले घरनजिकैको जंगलमा आत्महत्या गरेका हुन् ।सदरमुकामदेखि ५० किलोमिटर दक्षिणपूर्वमा भएको घटनापछि सोमबार मात्र शव तानसेन ल्याइएको छ । दम्पतीले आत्महत्या गर्नुको कारण भने अनुसन्धानका क्रममा रहेको प्रहरीले जनाएको छ ।

शनिबार दिउँसो वृद्ध दम्पती नातिनी १५ वर्षीया कल्पनासँगै गोहेलुङ गाउँबाट खाना खाएर बेँसी फोक्सिङछाप दाइँ गर्न झरेका थिए । उनीहरुको खेत बेँसीमै थियो । दिउँसो श्रीमान श्रीमतीबीच सामान्य झगडा भए पनि नातिनीसँगै हरिसरा घर जान हिंडिन् । त्यहाँ पुग्ने दुई बाटो छन् ।‘मलाई घर जाँदै गर भन्दै बज्यै (हरिसरा) केहीछिन थकाई मार्ने भन्नुभयो,’ कल्पनाले भनिन्, ‘म सरासर घर आएँ । आउनुहोला भनेको बेलुकी आउनु भएन ।’ बेलुकी नआएपछि बिहान उठेर श्रीमान् पूर्णबहादुर श्रीमती खोज्दै जंगल पुगे ।

‘बिहानै उठेर सासूलाई खोज्न भन्दै ससुरा जानुभएको हो,’ बुहारी हलिसरा सारुले भनिन्, ‘खासै झगडा भएको होइन तर ससुराले मसँग बोलेकी छैन भन्नुभएको थियो ।’ आइतबार बिहान पुनः पूर्णबहादुर (ससुरा)  खेतमा जान्छु भन्दै हिँडेको उनले बताइन् । दिउँसो स्थानीयले वृद्ध दम्पतीलाई मृत फेला पारेका थिए ।

‘श्रीमती हरिकलाले पासो लगाई आत्महत्या गरेको देखेर श्रीमान् पूर्णबहादुरले पुनः सोही सल काटेर आफूले पनि आत्महत्या गरेको प्रारम्भिक अध्ययनमा देखिएको छ,’ डीएसपी विनोद घिमिरेले भने ।वृद्ध दम्पतीका एकमात्र छोरा दिलबहादुरको ३३ वर्षको उमेरमा एक महिनाअघि मृत्यु भएको थियो । अब घरमा बुहारी हलिसरा र उनका दुई छोरी र एक छोरा छन् ।

प्रतिक्रिया