1070
Shares
काठमाण्डौं, मंसिर, ११ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको कुचैनी सडकखण्डमा आज बिहान ना६ख २८५४ नं को बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।
सुर्खेतबाट महेन्द्रनगरतर्फ आउँदै गरेको उक्त बस कुचैनी सडकखण्डको पुलमा ठोक्किएको इलाका प्रहरी कार्यालय चौमालाका प्रहरी सहायक निरीक्षक टोपबहादुर शाहीले जानकारी दिनुभयो ।
दुर्घटनाबाट पुलमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ । यता, बिजुलीको पोलमा स्कुटर ठोक्किएर दुर्घटना हुँदा काठमाण्डौमा एक जनाको ज्यान गएको छ । काठमाडौंको मैतीदेवीमा बा ८२ ब ४८७६ नम्बरको स्कुटर राति पौने १२ बजे बिजुलीको पोलमा ठोक्किँदा चालकको ज्यान गएको प्रहरीले जनाएको हो ।