२०८३, १ भाद्र सोमबार
×

ट्रेन्डिङ

‘प्रथम सामाजिक सुरक्षा दिवस’ नयाँ युगको शुरुआत : प्रधानमन्त्री ओली

890 Shares
notext
Spread the love

काठमाण्डौं, मंसिर, ११ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘प्रथम सामाजिक सुरक्षा दिवस’ नयाँ युगको शुरुआत भएको बताउनुभएको छ ।

पहिलो सामाजिक सुरक्षा दिवस तथा योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू भएको अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले यस दिवसको दिनबाट सरकारले हुँदा खाने र हुने खाने, रोजगारीमा रहेका र रोजगारी गुमाएका वा नभएका सबैलाई समेट्ने नयाँ प्रणालीको थालनी गरेको बताउनुभएको छ ।

सन्देशमा उहाँले आजदेखि सामाजिक सुरक्षा योजना लागू भएको बताउँदै आफूले अघिल्लो पटक प्रधानमन्त्री हुँदा नै सबैको सहभागितामा सामाजिक सुरक्षाको योजना लागू गर्ने प्रतिबद्धता व्यक्त गरेको उल्लेख गर्नुभएको छ । उहाँले सबै देशवासीहरुलाई सामाजिक सुरक्षा योजना शुभारम्भको अवसरमा सुरक्षित भविष्यको शुभकामनासमेत सन्देशमार्फत व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया