२०८३, १ भाद्र सोमबार
×

ट्रेन्डिङ

झापाको लालझोड़ामा आगलागीमा परेर एकै परिवारका चार जनाको मृत्यु

1275 Shares
Spread the love

सोमबार, १० मंसिर झापा ।
झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर–७ लालझोड़ामा आगलागीमा परेर एकै परिवारका चार जनाको मृत्यु भएको छ ।सम्पूर्ण परिवार सुतिरहेको बेला गएराती घरमा एक्कासी आगो लागेपछि लक्ष्मण खनालसहित उनका परिवारका चार जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ३६ बर्षीय लक्ष्मण खनाल, ३० बर्षीया राधिका खनाल, ४ बर्षीया सुप्रिया खनाल तथा ३ महिनाका टीकाराम खनाल रहेका छन् ।राती ९ बजेको समयमा उक्त आगलागी भएको हो ।

भानु माध्यमिक बिद्यालयबाट २० मिटर नजिक रहेको खनाल परिवारका सम्पूर्ण सदस्यको सुतिरहेको अवस्थामा आगलागी भएको इलाका प्रहरी कार्यालय झिल्झिलेले जानकारी दिएको छ्र ।आगलागी के कारणले भएको हो भन्ने बारे प्रहरीले अनुसन्धान भैरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया