२०८३, २ भाद्र मंगलवार
×

ट्रेन्डिङ

अम्रिताको ‘माली बिनाको फूल’ को भिडियो लन्डनबाट सार्वजनिक

894 Shares
Spread the love

लन्डन । मिसेस नेपाल यूके २०१७ सेकेन्ड रनरअप अमृता गिरी गजुरेलको स्वरमा माली बिनाको फूल लन्डनमा  विमोचन गरिएको छ ।

लन्डनको वेस्टन वाम्ली होटलमा एक कार्यक्रम आयोजना गरी भिडियो सार्वजनिक गरिएको हो । मिसेस नेपाल यूके २०१७ सेकेन्ड रनरअप अमृता गिरी गजुरेलको स्वर, अञ्जु श्रेष्ठको शब्द र सुरेन्द्र श्रेष्ठको संगीत रहेको गीतको म्यूजिक भिडियोको निर्देशन भने संचारकर्मी कुशल श्रेष्ठले गरेका हुन् ।

म्यूजिक भिडियोमा शंकर गजुरेल, गीता बस्नेत पाण्डेलगायतले अभिनय गरेका छन् । गायिका गिरी र मोडल पाण्डे दुवै मिसेस नेपाल यूके २०१७ को प्रतियोगीसमेत हुन् ।

भिडियोको निर्माता ईन्जिनियर काशीराज बोहोरा गरेका हुन् भने एसिस्टेन क्यामरामा आशिश श्रेष्ठ र मन्दिप केसी छन् ।

अन्जु श्रेष्ठले संचालन गरेको कार्यक्रममा बेलायतको नेपाली समुदायसंग निकट मानिने ब्रेन्ट काउन्सिलका पूर्व मेयर भगवानजी चौहान मिसेस नेपाल यूके २०१७’ प्रतियोगिताकी बिजेता आस्था जोशी बटाजु ,बरिष्ठ रंगकर्मी तथा नाटक निर्देशक सनमकुमार बैराग समेत सहभागी भएका थिए ।

कार्यक्रममा पत्रकारहरु नवीन पोखरेल, धुव्रराज अर्याल, शिव भण्डारीलगायत उपस्थिति थिए ।

प्रतिक्रिया