मंसिर ६ – दशैँ आउँनु अघि बन्द भएको लाइसेन्सको आवेदन भोली शुक्रबारबाट खुल्ने भएको छ । भोलीबाट अनलाईन आवेदन खोल्ने भएको हो । यातायात व्यवस्था विभागको वेबसाइटमा गएर पनि अनलाईनमाफर्त आवेदन भर्न सकिनेछ । अनलाइन फारम भर्दा सेवाग्राही लाई समस्या नहोस भनेर मंगलावार र बुधवार २३ वटा यातायात कार्यालयका कर्मचारीलाई सर्भरको तालिम दिइएको विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए ।
नयाँ ट्रायल र फारम नखुलेपनि रिट्रायल भने दशैंलगत्तै सुचारु गरिएको थियो। सवारी चालक अनुमति पत्रको लागि सबै प्रकृया पुर्याएका करिव ६ लाख चालकले भने अझै लाइसेन्स पाउन सकेका छैनन्। विभागले ६ लाख ‘ब्याक लक’ हटाउन मालिका इन्कर्पोरेटलाई लाइसेन्स छपाईको जिम्मा दिएको थियो। हालसम्म करिव ७० हजार भन्दा धेरै लाइसेन्स छापिसकेको र विभागलाई हस्तान्तरण गर्ने तयारी भईरहेको बताईएको छ ।