२०८३, १६ बैशाख बुधबार
×

ट्रेन्डिङ

‘सिंहदरबारको फोहोर नउठाउनु महानगरपालिकाको अराजकता हो’

1544 Shares
Spread the love

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सिंहदरबारको फोहोर नउठाउनु काठमाडौं महानगरपालिकाको अराजकता भएको बताएका छन्। आज बिहान ट्वीट गर्दै कोइरालालले जिम्मेवार निकायले गरेको यो व्यवहारको सबैले विरोध गर्नुपर्ने बताएका छन्।

संघीय सरकारले पनि महानगरले उठाएका प्रश्नको बेवास्ता गर्दै धम्कीपूर्ण भाषा प्रयोग हुनु गलत रहेको उनको तर्क छ। दुवै सच्चिनुपर्ने उनको भनाइ छ।

उनले ट्वीटमा लेखेका छन, ‘कामपाले सिंहदरवार लगायत स्थानको फोहोर नउठाउनु अराजकता हो,जिम्मेवार निकायको यो व्यवहारको सबैले विरोध गर्नैैपर्छ।अर्कोतर्फ सरकारले पनि महानगरले उठाएका प्रश्नको वेवास्ता गर्दै धम्कीको भाषा प्रयोग गर्नु सिंहदरवारले स्थानीय निकायलाई हेर्ने दृष्टिकोणको प्रतिविम्ब हो।दुबै सच्चिनु पर्छ।

प्रतिक्रिया