२०८३, १ भाद्र सोमबार
×

ट्रेन्डिङ

सलमानले पाकिस्तानको झण्डा फराएपछि फ्यान आक्रोशित, सडकमा गरे हंगामा (भिडियो)

806 Shares
Spread the love

एजेन्सी। सलमान खान र विवादको गहिरो नाता छ । सलमान एक पटक पुनः विवादमा आएका छन् । अहिले सलमान फिल्म ‘भारत’को सुटिङमा व्यस्त छन् । सुटिङ भारत पाकिस्तानको सीमा बाघा बोर्डरमा गरिनुपर्ने थियो तर त्यहाँ सुटिङको अनुमति नपाएपछि फिल्म निर्माण टिकले पंजाबको एक गाउँमा बाघा बोर्डरको सेट तयार गरेर सुटिङ गरिरहेका थिए ।

सुटिङका क्रममा एक दृश्यमा सलमान र कट्रिना कैफले पाकिस्तानको झण्डा फहराउनुपर्ने थियो । जब उनीहरुले पाकिस्तानको झण्डा फहराए त्यसपछि गाउँलेहरुले उनीहरुलाई घेरे । यतिमात्र होइन गाउँलेहरुले सलमान र फिल्म निर्माताविरुद्ध प्रहरीमा मुद्दा समेत हालिदिए । पछि निर्माताहरुले गाउँलेहरुलाई निकै सम्झाए कि यो सब फिल्मको लागि भइरहेको हो र यहाँ फिल्मको सुटिङ चलिरहेको छ । तर गाउँलेहरु मान्न तयार थिएनन् कि भारतको जमिनमा पाकिस्तानी झण्डा किन फहराइयो । सलमानका फ्यानहरुले सडकमा उत्रिएर हंगामासमेत गरेका छन् । सलमानका फ्यानले के के गरे ? हेर्नुहोस् भिडियो

प्रतिक्रिया