२०८३, १ भाद्र सोमबार
×

ट्रेन्डिङ

यस्तो बन्यो प्रियंका चोपडाको नेपाली फिल्म पाहुनाको ट्रेलर

1285 Shares
Spread the love

भारतीय अभिनेत्री प्रियंका चोपडाको प्रोडक्शन हाउस पर्पल पेबल पिक्चर्सको ब्यानरमा निर्माण गरिएको नेपाली सिनेमा पाहुनाको आधिकारिक ट्रेलर सार्वजनिक भएको छ । यो सिनेमाको ट्रेलरलाई पर्पलकै आधिकारिक युट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

सार्वजनिक भएको ट्रेलरमा आमा बुवाबाट बिछोडिएका दुई बालबालिकाको कथा देखाइएको छ । ट्रेलरमा दिदी र दाइले भाइको सुरक्षाका लागि के–के गरेका छन् भन्ने कुरा देख्न सकिन्छ । नेपाली भाषामा तयार पारिएको यो सिनेमामा अंग्रेजी सबटाइटल पनि राखिएको छ ।

सिनेमामा इशिका गुरुङ, अनमोल लिम्बू, मन्जु केसी, सरण राई, विनोद प्रधान, उत्तम प्रधान र बनिता लागुनको मुख्य भूमिका रहेको छ । पर्पल पेबल पिक्चर्सको ब्यानरमा निर्माण भएको यस सिनेमाको सह निर्माताको रुपमा चिल्डे्रन्स फिल्म सोसाइटी इन्डिया रहेको छ ।  सिनेमालाई पाखी ए तराइवालाले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया