२०८३, २१ भाद्र आईतवार
×

ट्रेन्डिङ

बालेनलाई शंकर पोखरेलको काउण्टर, भने- ‘जिम्मेवारीमा बसेपछि जिम्मेवार बन्नुपर्छ’

962 Shares
Spread the love

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहलाई ‘समाजलाई चरम अराजकतातिर’ लैजाने नियोजित प्रयास गरेको आरोप लगाएका छन्।

प्रमुख साहको फेसबुक स्टाटसप्रति टिप्पणी गर्दै पोखरेलले ट्वीटमार्फत पोखरेलले यस्तो आरोप लगाएका हुन्। उनले जिम्मेवारीमा बसेपछि जिम्मेवार र जवाफदेही बन्नुपर्ने बताएका छन्।

प्रमुख साहले आज विहान समाजिक सञ्जाल फेसबुकमा आजबाट सिंहदरबारको फोहर नउठ्ने जनाउँद ‘​देश सफा गर्नुपरे नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने’ बताएका थिए।

यस्तो छ पोखरेलको ट्वीट

मेयर वालेनको अभिव्यक्तिले नेपाली समाजलाई चरम अराजकतातिर लैजाने नियोजित प्रयास भइरहेको संकेत गर्दछ । जिम्मेवारीमा वसेपछि जिम्मेवार र जवाफदेही वन्नै पर्दछ ।

प्रतिक्रिया