2002
Shares
भक्तपुर, ५ मंसिर । मध्यपुर थिमि नगरपालिकाले आज खाना मेला गरेको छ । सो मेलामा जापानिज प्रविधिबाट फोहर व्यवस्थापन गरी बनाएको कम्पोष्टमलबाट उत्पादित तरकारीको परिकारहरु राखिएको हो । उपस्थित विभिन्न ब्यक्तिहरुले तरकारी चाखेका छन् ।
करिब तीन महिना अगाडिबाट घरबाट निस्किने फोहरबाट कम्पोष्ठ मल बनाउन शुरु गरेको बताउदै मध्यपुर थिमि नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठले अहिलेसम्म एक कारोड पचास लाख खर्च भैसकेको बताए ।

यहाँबाट उत्पादन भएको कम्पोष्ट मल स्थानीय बासिन्दालाई सहुलियत दरमा उपलब्ध गराउने बताए । यो प्रविधि सफल भएसँगै नगरपालिकाको फोहर नगरपालिका आफै ब्यवस्थापन गर्न सक्षम हुने बताए । उनले अबको पाँच वर्ष भित्र मध्यपुर नगरपालिकालाई रसायनिक मल मुक्त गरी अर्गानिक नगरपालिकाको रुपमा बिकास गर्ने बताए ।